
काठमाडौं, ९ माघ । आन्दोलनरत मधेसी मोर्चाको विरोधका बाबजुद नेपालको नयाँ संविधानको पहिलोपटक संशोधन गरिएको छ ।
घोषणा भएको चौथो महिनामै शनिबार व्यवस्थापिका संसदबाट बहुमतले संविधान संशोधन भएको हो ।
सरकारले दर्ता गरेको संशोधन प्रस्तावमा सहमति नभएपछि प्रमुख दलबीच कांग्रेस नेताद्वय फरमुल्लाह मन्सुर र मिनेन्द्र रिजालद्वारा दर्ता गरिएका प्रस्तावलाई पारित गरिएको हो । संविधान संशोधनका पक्षमा ४६८ सांसद उभिएका छन् । विपक्षमा ७ सांसद मात्रै देखिए ।
चार महिनादेखि मधेसमा जारी आन्दोलन र भारतीय नाकाबन्दी अन्त्यका लागि संविधान संशोधन गरिएको हो । तर मधेसवादी दलले भने संशोधन अपुरो भन्दै नमान्ने घोषणा गरेका छन् ।
यस्तो संसदबाट पारित भएको संशोधन विधेयकः













प्रतिक्रिया