१ कार्तिक २०८३, शनिबार

गुरुङ संस्कृतिमा आधारित चलचित्र मुई हेर्नेको घुँईचो

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mui film

– युवराज श्रेष्ठ
लमजुङ । गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र मुई अर्थात पैसाको आज बेसीशहरमा प्रदर्शन गरिएको छ । चलचित्र हेर्नका लागी लमजुङ सदरमुकाम बेसीशहर लगायत गाउँ गाउँबाट समेत दर्शकको घुईँचो लागेको थियो ।

सामाजिक कथामा आधारित रहेको चलचित्रमा विभिन्न परिवारहरुले भोग्नुपरेका छुट्टा– छुट्टै कथालाई समावेश गरिएको छ । चलचित्रमा बैदेशिक रोजगारका पिडा, चेलिबेटी बेचविखन, गाउँमा रहेका विकृति विसंगतिलाई समेत उजागर गरेको छ । धेरै परिवारको कथा जोडिएको भएपनि चलचित्र राम्रो रहेको दर्शकहरुले प्रतिक्रिया दिएका छन् ।

मेप्राङ फिल्म प्रालिको दोस्रो प्रस्तुती रहेको चलचित्र मुई निर्माण गर्दा १५ लाख रुपैयाँ खर्च लागेको निर्माताहरुले जनाएका छन् । चलचित्रको लेखन तथा निर्देशक माओत्सेतुङ गुरुङ र राजु गुरुङ मिक्लीले गर्नुभएको छ । चलचित्रको निर्मातामा रितमान गुरुङ युके, गौतम गुरुङ हङकङ, प्रदिपकुमार गुरुङ, चित्रबहादुर गुरुङ, जितबहादुर गुरुङ, कृष्ण गुरुङ र विवेक गुरुङ रहनुभएको छ भने कार्यकारी निर्मातामा मिलन गुरुङ युके र ईश्वर गुरुङ रहनुभएको छ ।

चलचित्रमा स्वर्गिय लोकबहादुर गुरुङ, कृष्णकुमार गुरुङ र रोशन गुरुङको गित, धनबहादुर गुरुङ, केके गुरुङ, तेजेन्द्र गुरुङ र नरजंग गुरुङको संगित रहेको छ । चलचित्रमा लब्नस गुरुङ, अमन गुरुङको नृत्य र रोशनी गुरुङको सहनृत्य रहेको छ ।

यस्तै चलचित्रको छायाङ्कन दिपकमान उदास र छवि राना मगरले सम्पादन गर्नुभएको छ । चलचित्रमा धर्मदेव घले, छाँया गुरुङ, सविना गुरुङ, लक्ष्मी गुरुङ लगायतका कलाकारको भुमिका रहेको छ ।