१ कार्तिक २०८३, शनिबार

दुर्घटनामा परी युवा मोडल ओलीको बुटबलमा मृत्यु (भिडियोसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Raju-Oli

बुटबल । नेपाली सिने नगरीका युवा मोडल राजु ओलीको शनिबार मृत्यु भएको छ ।

दाङ्ग तुलसीपुर– ६ निवासी २२ बर्षीय मोडल ओलीको रुपन्देही जिल्लाको साल्झन्दी नजिक सवारी दुर्घटनामा परी निधन भएको हो । इलाका प्रहरी साल्झन्दीका अनुसार उनले चलाएको मोटरसाइकललाई बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएको र उपचारको क्रममा लुम्बिनी अञ्चल अस्पताल बुटवलमा शनिबार बिहान ४ बजे निधन भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार तुलसीपुर निवासी नन्दलाल न्यौपाने सक्त घाइते भएका छन् । इलाका प्रहरीका अनुसार उनको दाइने हात र खुट फ्याक्चर भएको र थप उपचारको लागि भरतपुर रिफर गरिएको छ, मोडल राजु ओली शिव परियारको रुपौली रानी र सायद तिम्रो मायामा अभिनय गरेर चर्चामा आएका थिए ।

हेर्नुस् राजु ओलीको अन्तिम भिडियोः