३० आश्विन २०८३, शुक्रबार

भारतीय प्रधानमन्त्री मोदीको ओलीलाई बधाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

narendra-modi-arrivesकाठमाडौँ, ३२ असार । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलाई नेपाल र भारतका प्रधानमन्त्री तथा शीर्ष नेताहरुले बधाई तथा शुभकामना दिनुभएको छ ।

ओली एमालेको नवौँ महाधिवेशनबाट अध्यक्षमा विजयी भएको खबर पाएपछि हाल उपचारका लागि अमेरिकामा रहनुभएका प्रधानमन्त्री सुशील कोइरालाले गएराति टेलिफोन गरी बधाई र शुभकाना दिनुभएको हो ।

अध्यक्ष ओलीका स्वकीय सचिव रमेश आचार्यका अनुसार प्रधानमन्त्री कोइरालाले आफू स्वदेश फर्केपछि संविधान निर्माण र सरकारका प्राथमिकताका काममा आपसमा मिलेर अघि बढ्ने बताउनुभएको छ भने जवाफमा ओलीले मुलुकका सामु उत्पन्न चुनौतीलाई सहकार्यका आधारमा जनतालाई राहत हुने गरी सम्बोधन गर्न फरक ढङ्गले क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको थियो ।

गएराति नै एमालेका निवर्तमान अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपालले टेलिफोन गरी ओलीलाई बधाई दिनुभएको थियो ।

यस्तै ओलीलाई बुधवारनै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका कार्यवाहक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतले टेलिफोनमार्फत बधाई दिनुभएको छ । ओली निवास बालकोटमा बुधवार पनि कार्यकर्ता र शुभेच्छुकको बधाई दिने भिड लागेको छ ।

यस्तै, ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता दलका अमित शाहले पनि इमेलमार्फत बधाई र शुभकामना दिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष र पदाधिकारीलाई एमाले केन्द्रीय कार्यालयमा बिहीबार १ बजे नवौँ महाधिवेशनको समापन कार्यक्रम गरी प्रमाणपत्र दिइनेछ । ओली नेता नेपालसँग ४४ मतअन्तरले विजयी हुनुभएको थियो ।

यसैबीच, एमालेका केन्द्रीय सदस्य र केन्द्रीय आयोगका पदाधिकारीको मतगणना अहिले पनि दशरथ रङ्गशालामा जारी रहेको छ ।