
काठमाडौं, ९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपालका लागि भारतीय राजदूत रञ्जीत रेले भेटवार्ता गरेको भन्दै विभिन्न समाचार आएपनि त्यो हल्लामात्रै भएको पुष्टि भएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालका अनुसार, शुक्रबार प्रधानमन्त्री ओली र भारतीय राजदूत रेबीच कुनै पनि भेटवार्ता भएको छैन् । उहाँले भन्नुभयो – ‘भेट्न आएको कुरा हामीलाई नै थाहा छैन् । स्वयम् प्रधानमन्त्रीज्यूलाई पनि थाहा छैन् । कसरी भेट भयो ?’
उहाँले प्रधानमन्त्री ओली मधेसवादी दलका माग सम्बोधनका लागि निरन्तर छलफल र सम्वादमा व्यक्त रहेको जानकारी दिनुभयो । ‘संसदमा प्रस्तुत संविधान संशोधन विधेयक पारित गराउन प्रधानमन्त्री ज्यू दिनरात खटिनुभएको छ । खान पनि फुर्सद छैन्’ उहाँले भन्नुभयो– ‘संशोधन विधेयक आजै पारित गर्ने तयारी छ ।’
उहाँका अनुसार आज विहान बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले ढाँचा मिलाएर संशोधन प्रस्ताव पारित गर्ने निर्णय गरेको थियो । ढाँचा मिलाउन तीनको कार्यदललाई जिम्मा दिइएको छ ।












प्रतिक्रिया