२३ कार्तिक २०८३, सोमबार

प्रचण्डलाई हराउने राजन केसी कता हराए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajan-kc-prachandaनेपालीमा उखान छ, १२ वर्षमा त खोला पनि फर्कन्छ तर कीर्तिपुरका जनतालाई खोला फर्कनका लागि १२ वर्ष कुरिरहन परेन । काठमाडौं १० का मतदाताले ६ वर्षपहिले अत्याधिक मतले विजयी बनाएका माओवादी अध्यक्ष प्रचण्डलाई लज्जाजनक हार भोग्न बाध्य बनाइदिए । प्रसंग हो, दोस्रो संविधानसभा चुनावको । प्रचण्डसँग मैदानमा भीड्न जुटेका राजन केसीले २० हजार ३९२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी प्रचण्ड नभएर नेकपा एमालेका सुरेश मानन्धर बन्न पुगे, जसले १३ हजार ६१५ मत ल्याए । यो क्षेत्रमा प्रचण्ड तेस्रो भए । उनले १२ हजार ८५२ मतमात्र ल्याएका थिए ।

माओवादी अध्यक्ष प्रचण्डलाई हराएर ‘इतिहास’ रचेका यिनै सभासद राजन केसी शुक्रवार मध्यान्हमा काठमाडौं जिल्ला प्रशासनको सहायक प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा उपलव्ध भए । आफ्नो विजयको कारण खोतल्दै उनले दैनिक नेपाल डटकमलाई सुनाए ‘माओवादीले संविधान बनाउने नाममा मुलुकभर चार वर्ष जुन वितण्डा मच्चायो । र, यो क्षेत्रमा प्रचण्डले जितेर फर्केर पनि नहेरेपछि मेरो जितको कारण बन्यो,’ उनले भने, ‘मेरो क्षेत्रमा मात्र होइन्, माओवादीको आँधीबेहरी देशभरि नै बन्द भयो ।’

प्रचण्डलाई झण्डै दोव्बर मतअन्तरले हराएका सभासद् केसीलाई आफूले प्राप्त गरेको मतको संख्या अझै कम लाग्छ रे ! सुनाए ‘अलिकति गाईले, अलिकति दाइले मत काट्यो त्यही कारण सोचेभन्दा ३६ सय मत कम आयो । कुन गाउँको कुन घर कता फर्किएको छ, कति छोराछोरी छन् त्यो मलाई सबै राम्ररी थाहा छ ।’

मौसम र जनादेशको भर हुन्न

१५ सालदेखि हालसम्म यहाँको स्थानीय प्रतिनिधिका रूपमा यो क्षेत्रमा निर्वाचित नभएको इतिहास थियो । केसी पहिलो स्थानीय हुन् जसले यो क्षेत्रको प्रतिनिधित्व गरेका थिए । क्षेत्र नम्बर १० लाई ‘लाल किल्ला’ भन्ने गरिन्थ्यो, त्यो तोडियो । तर प्रश्न भुँइमा खस्न नपाउँदै असहमति पोख्दै भने ‘कम्युनिष्ट र काँग्रेस किल्ला भन्ने हुँदैन, त्यसैले त भनिएको नि ‘मौसम र जनादेश सधैं एकै स्थानमा रहदैन ।’

कस्तो रह्यो त प्रचण्डलाई हराउदाको अनुभुति ? पंक्तिकारको प्रश्नमा सभासद् केसी भन्छन्– ‘प्रचण्डसँग ०६४ सालमा पनि भिडेको हुँ, तर त्यो चुनाव थिएन । आंतक थियो, स्वतन्त्रपूर्वक भोट हाल्ने वातावरण थिएन, त्यही समयमा १३ हजार भोट ल्याएको हुँ ।’

गाई र दाइले बिगारे

प्रचण्डलाई झण्डै दोव्बर मतअन्तरले हराएका सभासद् केसीलाई आफूले प्राप्त गरेको मतको संख्या अझै कम लाग्छ रे ! सुनाए ‘अलिकति गाईले, अलिकति दाइले मत काट्यो त्यही कारण सोचेभन्दा ३६ सय मत कम आयो ।’

कुन गाउँको कुन घर कता फर्किएको छ, कति छोराछोरी छन् त्यो मलाई सबै राम्ररी थाहा छ । प्रत्येक गाँउबासीसँग आत्मीय सम्बन्ध जोडेको छु । त्यहीकारण चुनावमा जित हासिल गरेको हुँ भन्ने लाग्छ, उनलाई ।

सेनामा जागिर खाएको हेर्न चाहन्थे पिताजी

बाल्यकालमा राजनीतिमा लाग्छु भन्ने एक मनले सोचेको पनि थिइन् । पिताजी नेपाली सेनामा जागिर खाएर ठूलो मान्छे बनेको हेर्न चाहन्थे । परिवारको अन्य सदस्यको इच्छा थियो– कुनै सरकारी जागिर खाओस । उनी आफै पनि साधारण जागिर खाने सोचमा थिए ।

Rajan-kc-prachanda1तर, जिन्दगीको रित सधै नियमले कहाँ चल्दोरहेछ र ? लोकतन्त्रप्रति अत्यन्त विश्वास गर्ने उनको लागि प्रेरणाको स्रोत बन्न पुगे आफ्नै मामाको छोरा हुन् पूर्वअर्थमन्त्री रामशरण महत । उनकै प्रेरणाले राजनीतिमा आएको बताउने ६० वर्षीय केसी २०४६ सालको जनान्दोलनपछिमा पूर्णकालीन राजनीतिक कार्यकर्ता बनेका हुन् ।

२०४७ सालमा उनी नेपाली कांग्रेस चोभार गाविसको इकाइ सभापति, २०४९ को स्थानीय निर्वाचनमा चोभार गाविस वडा नम्बर २ को वडाअध्यक्ष निर्वाचित भएसँगै काठमाडौं जिल्ला विकास समितिको इलाका सदस्य,२०५४ सालको स्थानीय निर्वाचनमा कीर्तिपुर नगरपालिकाको नगर समिति सदस्यमा निर्वाचित भए केसी । त्यस्तै २०५४ सालमा कांग्रेसको क्षेत्रीय समिति सभापति निर्वाचित भए । कांग्रेस महासमिति सदस्य तथा केन्द्रीय समिति अन्र्तगतको स्थानीय निकाय विभागको सदस्य रहेका उनी यो महाधिवेशनमा पनि पार्टी पंक्तिले दिएको सफलतापूर्वक पूरा गर्ने अभियानमा छन । उनी आफैं जिल्ला सभापति वा केन्द्रीय सदस्य मध्ये एकको आकांक्षी छन । तर, मुख खोलिसकेका छैनन् ।

तीनै ‘शक्तिका केन्द्र’ मानिएका माओवादी अध्यक्ष प्रचण्डलाई हराएको व्यक्ति हुन राजन केसी अहिले ‘गुमनाम’ झै छन । तर उनी आफू भने गुमनाम भएको मान्दैनन् । भन्छन ‘आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा सक्रिय छु । न त गुमनाम छु, न त ओझेलमै ।

काठमाडौंको ‘गाउँको मान्छे’

राजधानीमा जति पनि नेता बनेका छन । अधिकांश चक्रपथभित्रकै छन । उनी आफूलाई चक्रपथभन्दा बाहिरको सभासद् ठान्छन । पञ्चायत कालदेखि हालसम्म पनि काठमाडौंको ‘गाउँको मान्छे’ काठमाडौंको राजनीतिमा उदाहरण विरलै छ । तर यसको अपवाद दोस्रो संविधानसभाका चुनावमा दीपक कुँइकेल, रामेश्वर फुँयाल, चक्र ठकुरी (स्वर्गीय) र राजन आफू राजनीतिमा आएको चक्रपथ बाहिरका मान्छे मान्छन् ।

विकासे ‘सांसद’

काठमाडौं क्षेत्र नम्बर १० अन्य क्षेत्रको विकट र फराकिलो पनि छ । खानीखोलादेखि सिस्नेरीसम्म चारवटा जिल्ला मकवानपुर, धादिङ, ललितपुर र काठमाडौं क्षेत्रमा फैलिएको यो क्षेत्रमा यिनी ‘विकासे नेता’को रुपमा चिनिन्छन् ।
कीर्तिपुरको सीताराम गोकुल मिल माथिको सडकको पिच समाप्त भएको छ । यो करिव तीन करोड वजेटको योजना थियो । दक्षिणकालीलाई ‘नमुना शहर’ बनाउने योजना अनुरुप त्यहाँ ढुङ्गा छाप्ने काम भइसकेको छ । त्यस्तै यो क्षेत्रलाई पर्यटकीय नगरी बनाउने हिसाबले काम भइरहेको केसी सुनाउँछन । त्यस्तै, १०४ वर्ष पुरानो जलविद्युत गृहलाई म्यूजियमको रुपमा राख्ने काम समेत दु्रतगतिमा भइरहेको छ ।

पूर्वाधारमा खर्चिएको एक अर्ब

सभासद् पूर्वाधार विकास कोषबाट र अन्य मन्त्रालयहरुसँग मिलेर लिइएको करिब १ अर्व रुपैंया पूर्वाधार विकासमा खर्च भइरहेको उनी सुनाउँछन । अन्य माननीयको तुलनामा यो पूर्वाधारमा खर्चिएको अत्याधिक रकम हो । कीर्तिपुर नगरपालिकाको सबै क्षेत्रमा खानेपानी पु¥याउने हिसावले कस्सिएका उनका अगाडि चन्द्रागिरी नगरपालिकामा २० औं हजार जनसंख्या थपिएको छ । त्यसलाई व्यवस्थित गर्नका लागि खानेपानी, ढल र सडक विस्तार गर्नु छँदैछ । त्यस्तै, नेवार समुदायको बाक्लो वस्ती रहेको क्षेत्र भएको हुँदा उनीहरुको पौराणिक सम्पदाहरुको संरक्षण तथा प्रर्वद्धनमा सघाउनु छ ।

तीनै ‘शक्तिका केन्द्र’ मानिएका माओवादी अध्यक्ष प्रचण्डलाई हराएको व्यक्ति हुन राजन केसी अहिले ‘गुमनाम’ झै छन । तर उनी आफू भने गुमनाम भएको मान्दैनन् । भन्छन ‘आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणको काममा सक्रिय छु । न त गुमनाम छु, न त ओझेलमै ।

काँग्रेस महाअधिवेशनको ‘रन्को’

तेह्रौं महअधिवेशनको तयारीमा छ, नेपाली काग्रेस पार्टी । लाग्छ, काँग्रेस भित्र चरम गुटबन्दी वढिरहेछ । सभापतिका आकांक्षीको रुपमा मैदानमा रामचन्द्र पौडेल, शेरबहादुर देउवा वा शुसिल कोइरालाहरु भिड्दै छन । झण्डै पाँच लाख क्रियाशिल सदस्य रहेको काँग्रेस पार्टीका कायकर्तालाई यी तीन मध्ये एक छान्नुपर्ने अवस्था छ । ‘यही कारण मात्र गुटबन्दीजस्तो देखिएको हो ।’ कार्यक्रम नीति सबैको एउटै हो ।’ विगतका चुनावी इतिहास कोट्याउँदा ठूलो मतान्तर होला भन्ने उनलाई लाग्दैन ।

भन्छन् – बुढाका कारण काँग्रेस, कुराका कारण एमाले र भुराका कारण एमाओवादी बिग्रियो । काँग्रेसमा युवा नेतृत्व आउन युवा नेतृत्वले आम कार्यकर्तालाई सन्देश र विश्वाश दिन नसकेको कारण पाका नेताहरुनै हावी भएको हो । सभ्भवतः १४ औं महाअधिवेशनमा युवाको हातमा जाला कि भन्ने छ केही आशा छ ।

यो सरकार फोटो झुण्डाउँछ,जान्छ

काँग्रेस सभासद् केसी यो सरकारप्रति खासै सकारात्मक छैनन् । ‘यो जस्तो लाचार र हास्यपद सरकार अरु के हुनसक्छ ? सिंहदरवारमा फोटो टाँस्न आएको हो । त्यहीँ फोटो टाँस्छन्, जान्छन् ।’ ०७३ सालको वैशाख १ को घाम यो सरकारले देख्न नपाउने उनको टिप्पणी छ ।

छ वर्ष अगाडि माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संविधानसभा निर्वाचनमा पराजित हुँदाको क्षणलाई जीवनकै अविस्मरणीय क्षण मान्ने केसीका लागि बिहीबारको बिहान जीवनकै अर्को ठूलो अविस्मरणीय क्षण लिएर आयो । आगामी महाधिवेशनमा काठमाडौँ १० क्षेत्रबाट उनले पार्टीले महासमिति सदस्यमा सिफारिस गरेका छन् । ‘जिल्ला सभापति र केन्द्रका नेताहरुसँग सल्लाह गरेर अब अगाडि वढ्छु ।’ बोली बिसाउँदै उनले भने ।

प्रस्तुतिः हरि गजुरेल/ दैनिक नेपाल