२ कार्तिक २०८३, सोमबार

स्वास्थ्यसेवा र चिकित्सकहरु शहरकेन्द्रीत हुनुहुँदैनः अर्थमन्त्री

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

ramsaran-mahat

काठमाडौँ, ३२ असार । अर्थमन्त्री डाक्टर रामशरण महतले स्वास्थ्य क्षेत्रलाई ग्रामीणमुखी बनाउनु पर्ने आवश्यकतामा जोड दिनुभएको छ ।

शिक्षण अस्पताल महाराजगञ्जको ३२ औं बार्षिक दिवसको बुधवार राजधानीमा उद्घाटन गर्दे महतले यस्तो बताउनु भएको हो । आर्थिक बर्ष २०७१–७२ को लागि ३३ अर्व रुपैया स्वास्थ्य क्षेत्रको लागि बिनियोजन गरेको भन्दै महतले स्वास्थ्यसेवा र चिकित्सकहरु शहरकेन्द्रीत भएकोमा असन्तुष्टि जनाउनु भयो ।

शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर दीपक प्रकाश महराले अस्पतालको स्तरोन्नतिका लागि सरकारबाट ३ करोड रुपैया प्राप्त भएको र नेपाल सरकारबाट प्राप्त ५८ करोडको आर्थिक सहयोगमा सुरेशवाग्ले स्मृति क्यान्सर केन्द्र भवन निर्माण हुने जानकारी दिनुभयो । कार्यक्रममा अस्पतालमा उत्कृष्ट सेवा पु¥याएको भन्दै चिकित्सक र कर्मचारीलाई सम्मानीत गरिएको थियो ।