१ कार्तिक २०८३, शनिबार

आमिरलाई हटाएपछि अमिताभ र प्रियंका मालामाल !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Amir-Amitabh-Priyanka

मुम्बई । बलिउडका चर्चित अभिनेता आमिर खानलाई बदला लिएर मोदी सरकारले हटाएपछि महानायक अमिताभ बच्चन र अभिनेत्री प्रियंका चोपडालाई फाइदा भएको छ ।

भारतको केन्द्र सरकारले ‘अतुल्य भारत’ अभियानको ब्रान्ड एम्बेस्डरमा अमिताभ बच्चन र प्रियंका चोपडालाई नियुक्ति गर्ने तयारी गरेको छ । यसअघि यो अभियानमा आमिर थिए ।

असहिष्णूताबारे विवादास्पद अभिव्यक्ति दिएर आफ्नो सरकारको विरोध गरेको भन्दै मोदी सरकारले उनलाई हटाएको थियो । आमिर हटेपछि अतुल्य भारतको ब्रान्ड एम्बेस्डरमा अमिताभ र प्रियंका बन्ने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आउँदो २६ जनवरीमा गणतन्त्र दिवसको अवसर पारेर उनीहरुको नियुक्ति हुने जनाइएको छ । यसपाली महिला र पुरुष भनेर छुट्टा छुट्टै ब्रान्ड एम्बेस्डर नियुक्ति गर्ने तयारी हुँदै छ । दुबैको नियुक्ति ३ वर्षको हुने छ ।