३० आश्विन २०८३, शुक्रबार

भ्रष्टाचार आरोपमा एन्फाको कारबाहीमा परेका गणेश थापा के भन्छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ganesh Thapaकाठमाडौं, ९ माघ । अन्तर्राष्ट्रिय फुटबल संघ नेपाल फुटबल संघ (एन्फा)का पूर्व अध्यक्ष गणेश थापाले बंगलादेशमा नेपाली फुटबल टिमले लामो समयपछि अन्तर्राष्ट्रिय पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै बधाइ दिएका छन् ।

आफ्ना सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेखेर थापाले बंगबन्धु गोल्डकप जितेकोमा खुसी व्यक्त गर्दै टिमलाई बधाइ दिएका छन् । उनले सन्देशसँगै आफ्नो तस्बिर पन शेयर गरेका छन् ।

थापा अध्यक्ष रहेका बेला एन्फभित्रको चरम भ्रष्टाचार, म्याच फिक्सिङ र अन्य व्यक्तिवादी चरित्रका कारण लामो समयदेखि नेपाली फुटबलले राम्रो उपलब्धि पाउन सकेको थिएन । उनका खेलाडीहरु अहिले म्याचफिक्सिङको आरोपमा मुद्दा खेपी रहेका छन् ।

तर थापा कारबाहीमा पर्नेवित्तिकै नेपाली फुटबल टोलीले अन्तर्राष्ट्रिय पदक हात पारेको छ । यो खुसीयाली नेपालीहरुले शुक्रबारदेखि साटिरहेका छन् ।

करोडौ रुपियाँ एन्फामा भ्रष्टाचार गरेको अभियोगमा अन्तर्राष्ट्रिय फुटबल संघले थापालाई कारबाही गरेपछि आजकाल चुपचाप बस्दै आएका छन् ।

आफ्नो दाई अध्यक्ष रहेको राप्रपा नेपालका केन्द्रीय सदस्य र मनोनीत सांसद बनेका थापा आजकाल राजनीतिमा व्यस्त रहने गरेका छन् ।

थापाले नेपाली फुटबललाई फाइदाभन्दा पनि धेरै बेफाइदा पुगाएको बंगलादेशमा नेपाली टिमले जितेको पदकले छर्लङ्ग देखाइदिएको छ । थापा रहँदासम्म कुनै उपाधि जित्न नसकेको नेपाली टिमले जितकोमा चौतर्फी बधाइको पात्र बनेको छ ।

नेपाली टिम आज दिउँसो साढे एक बजे अन्तर्राष्ट्रिय बिमानस्थलमा उत्रदै छ । टिमको भव्यस्वागतका लागि तयारी भएको छ ।