२३ कार्तिक २०८३, सोमबार

आफैले ल्याएको संशोधन प्रस्ताव फेल गराउन कांग्रेस किन अग्रसर ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhanubhakta-Dhakal-UMLकाठमाडौं, ९ माघ । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले आजको संसद बैठकबाट संविधान संशोधनसम्बन्धी दुई वटा प्रस्तावलाई पारित गर्ने बताउनुभएको छ ।

नेपालवणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै ढकालले माघ ५ गतेको सहमतिअनुसार आजको संसद बैठकबाट संविधान संशोधन हुने बताउनुभयो ।

‘कांग्रेसले आफ्नै सरकारमा दर्ता गराएको संविधान संशोधन प्रस्तावलाई सरकारले अगाडि बढाएको छ’, उहाँले भन्नुभयो, ‘कांग्रेसले अगाडि बढाएको संशोधनलाई पारित गर्न एमाले तयार छ ।’

कांग्रेसले आफैले ल्याएको संशोधनमा पूरक संशोधन ल्याएर विधेयकलाई पारित गर्न नदिने कार्यले कांग्रेसलाई नै बेफाइदा हुने एमाले मुख्य सचेतक ढकालले बताउनुभयो ।

‘आफूले ल्याएको संशोधन प्रस्ताव पारित गर्न नदिने । दोष प्रधानमन्त्रीलाई दिने कार्यले तत्कालका लागि कांग्रेसलाई राहत होला । तर आफ्नै अगुवाईमा ल्याएको प्रस्ताव फेल गराउँदा जनताले आफै बुझ्ने छन्’, उहाँले भन्नुभयो ।

एमाले मुख्य सचेतक ढकालले आफैले ल्याएको संशोधन प्रस्ताव कांग्रेस आफै असफल बनाउन लागेको हो कि भने प्रश्न उब्जिएको बताउनुभयो ।