२३ कार्तिक २०८३, सोमबार

संविधान संशोधनको पहिलो विधेयक आज पारित हुने, संसद बैठक ३ बजे

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Samsad-bhawanकाठमाडौं, ९ माघ । संविधान संशोधनको पहिलो विधेयक पारित गर्न संसदको बैठक अपरान्ह ३ बजे बस्दैछ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रि सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधानको संशोधन विधेयकलाई पारित गर्न पेश गर्ने बुझिएको छ ।

संविधान संशोधनका लागि कांग्रेसको सरकारका पालामा दर्ता गरिएको संशोधन प्रस्तावलाई प्रधानमन्त्री केपी आलीको सरकारले अगाडि बढाएको हो ।

जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने तथा राज्यका हरेक अंगमा समावेशी प्रतिनिधित्वको विषयलाई संशोधनमा राखिएको छ ।

तर कांग्रेसले आफ्नै सरकारका पालामा दर्ता गराएको यो संशोधनमा पनि पूरक संशोधन दर्ता गराएको छ । पूरक संशोधनमा कांग्रेसले जनसंख्याका आधारमा मात्रै निर्वाचन क्षेत्र बनाउन माग गरेको छ ।

कांग्रेसले आफ्नै संशोधनमा फेरि पूरक संशोधन लगेर विधेयक फेल गराउन लागेको आरोप एमालेले लगाएको छ ।

प्रमुख दल कांग्रेस, एमाले र एमाओवादीबीच माघ ५ गते भएको पूर्व सहमतिअनुसार आजको संसद बैठकबाट संविधान संशोधनको विधेयकलाई पारित गर्नुपर्ने हुन्छ ।