२३ कार्तिक २०८३, सोमबार

युवा संघले भन्यो- रंगेली घटनाको जिम्मेवार मधेसी मोर्चा, राजेन्द्र महतोलाई छाड्दैनौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

youth-force

काठमाडौं, ८ माघ । युवा संघ नेपालले मोरङको रंगेलीमा भएको हिसांत्मक घटनाको जिम्मेवार मधेसी मोर्चा भएको ठहर गरेको छ ।

शुक्रबार केन्द्रीय कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गरी युवा संघका अध्यक्ष राजिव पहारीले मोरङ रङगेलीमा भएको अकल्पनीय घटना प्रति दुःख र खेद व्यक्त गर्दै यसको जिम्मेवारी मधेशी दलले लिनुपर्ने बताए ।

‘लोकतन्त्रमा शान्तिपूर्वक भेला, अन्तक्रिया, सभा सम्मेलन गर्न पाउने जनताको नैसर्गिक अधिकार हो यसलाई कसैले हनन गर्न पाउदैन । युवा संघ नेपालले विगत एक महिनादेखि मधेश संम्वाद तथा जागरण अभियान संचालन गर्दै आएको कुरा सवैलाई अवगत नै छ । यसै अभियानको दौरानमा रङगेलीमा कार्यक्रम गरेको थियौ’ उनले भने–‘हामीले त मधेसवादी दलका नेतालाई पनि कार्यक्रममा स्वागत गर्ने तयारी गरेका थियौ तर, उल्टै हामीलाई नै निशाना बनाए ।’

युवा संघ नेपालले आफ्नो अभियान मधेशका सुगम ठाउँहरुमा मात्र केन्द्रीत भयो भन्ने आरोप खेपिरहदा संघले भित्रीमधेश र जनताका घरदैलोमा कार्यक्रम गर्दा राजेन्द्र महतोले विथोल्न पर्नै कारण के हो भन्दै पहारीले प्रश्न गरे । उनले भने– ‘हिजोको घटनामा राजेन्द्र महतो प्रमुख दोषी हुन् । उनकै निर्देशनमा उनका कार्यकर्ताले खुकुरी हानेका छन्, गोली पनि चलाएका छन् ।’

उनले मधेसकै जनताका गुनासो र मागहरुलाई सुन्न त्यहाँ नेताहरुलाई बोलाएको भन्दै मधेशी मोर्चाको कुनैपनि घोषित कार्यक्रम कार्यक्रम नै थिएन यस अवस्थामा युवा संघ नेपालको शान्तिपूर्वक कार्यक्रमलाई विरोध गर्नुपर्ने किन ? भनी प्रश्न गरे । उनले अश्रृख गतिविधी गर्न निर्देशन दिने र गर्नेको हिसाब किताब गर्ने चेतावनी पनि दिनुभयो ।

लोकतन्त्र, संविधान, मानवअधिकार, सामाजिक न्यायविरुद्ध मधेशी मोर्चाले निन्दीय कार्य गरेको युवा संघको ठहर छ । उसले घटनाको सम्पूर्ण जिम्मेवारी मधेशी मोर्चाले लिनुपर्ने भनेको छ ।

यसैगरी युवा संघले घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । घाइते भएका सबैको स्वास्थ्यलाभको कामना पनि गरेको छ । घटनामा संलग्न दोषीलाई तुरुन्त कारवाही गर्न सरकारसगँ जोडदार माग गरेको केन्द्रीय प्रचार विभाग सदस्य सञ्जीव रोकाले जानकारी दिए ।

youth-force-1youth-force-2