२३ कार्तिक २०८३, सोमबार

नेपाललाई पाकिस्तानी राष्ट्रपतिको नयाँ सन्देश

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

husen-pakistanकाठमाडौं, ८ माघ । चार महिनादेखिको भारतीय नाकाबन्दीका बीच पाकिस्तानका राष्ट्रपति ममनून हुसेनले नेपाललाई नयाँ सन्देश पठाएका छन् ।

राष्ट्रपति हुसेनले नेपालका लागि प्रस्तावित नयाँ पाकिस्तानी राजदूत मजहर जावेदमार्फत सन्देश पठाउँदै आर्थिक सम्बन्ध बलियो बनाउनुपर्नेमा जोड दिएका हुन् ।

डेली टाइम्सका अनुसार राष्ट्रपति हुसेनले नेपालसँग बलियो आर्थिक सम्वन्ध बनाउने प्रयत्न गर्न आग्रह समेत गरे ।

नेपाल र पााकिस्तानको आर्थिक सम्वन्ध मजबुत बनाउन नयाँ क्षेत्रहरु खोज्नुपर्ने भन्दै उनले त्यो टेक्सटाइल र गार्मेन्ट क्षेत्र हुन सक्ने बताए ।

नेपाल पाकिस्तान सम्वन्धलाई सरकार र जनस्तरसम्म सुमधुर बनाउन राजदूतका साथै पाकिस्तान टेक्निकल असिस्टेन्स प्रोग्राम (पीटीएपी) र स्पेसल असिस्टेन्स प्रोग्राम फर साउथ एसिया (एसएपीएसए)लाई सदुपयोग गर्न राष्ट्रपति हुसेनले सुझाव दिएका छन् ।

उनको यो सन्देशले भारतले नाकाबन्दी लगाएको समयको सदुपयोग गर्दै पाकिस्तान नेपालसँग आर्थिकरुपमा अझै नजिक हुन चाहन्छ भन्ने देखाएको अर्थ विज्ञहरु बताउँछन् ।