
काठमाडौं, ८ माघ । राजधानी एकपटक फेरि चितुवा घरभित्र पसेको छ ।
केही दिन अगाडि नयाँ बानेश्वरस्थित एक घरको शैचालयभित्र चितुवा पसेको घटना सेलाउन नपाउँदै शुक्रबार विहानै काठमाडौंको कीर्तिपुरस्थित एक घरभित्र चितुवा पसेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहान ६ बजे घरभित्र चितुवा पसेपछि परिवारको भागाभाग भएको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।
उक्त चितुवालाई सदर चिडियाखानाका कर्मचारीको सहयोगमा पाँच घण्टापछि नियन्त्रणमा लिइएको थियो । चितुवालाई बेहोस बनाएर लगिएको र जंगलमा छाडिने बताइएको छ ।

तस्वीहरुः इकान्तिपुरबाट












प्रतिक्रिया