३० आश्विन २०८३, शुक्रबार

कर छल्ने बार्सिलोनाका यी खेलाडीलाई जेल सजायँ ! मेस्सी पनि परे फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

messi-neymar-mascherano

काठमाडौं, ८ माघ । विश्वकै चर्चित फुटबल क्लब बार्सिलोनाका एक खेलाडी जेल चलान भएका छन् ।

कर छलेको अभियोगमा बार्सिलोना तथा अर्जेन्टिनी स्टार ह्याभियर मास्चेरानोलाई एक वर्षको जेल सजाय सुनाइएको हो । उनलाई ६ लाख २५ हजार पाउण्ड जरिवाना तिराइएको छ ।

३१ वर्षीय मास्चेरानोलाई सन् २०११ र सन् २०१२ मा दुई पटक कर छलेको आरोपमा क्रमशः ४ र ८ महिना जेल सजाय सुनाइएको हो ।

मास्चेरानोपछि कर छल्ने मुद्दामा बार्सिलोनाका अर्का स्टार लियोनल मेस्सी पनि फन्दामा परेका छन् । कर छलीकै आरोपमा उनी अदालतमा उपस्थित हुँदैछन् ।

यसैगरी बार्सिलानाका अर्का स्टार नेयमार पनि कर छल्ने सूचीमा परेका छन् । गत सप्टेम्बरमा कर नतिरेको भन्दै नेयमारको ३० मिलियन डलर सम्पति फ्रिज गरिएको थियो ।