२३ कार्तिक २०८३, सोमबार

मलेसिया सरकारले फेरि सेक्यो विदेशी कामदारको ढाड ! नेपाली कामदार पनि मर्कामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मलेसियाको प्रधानमन्त्री कार्यालय
मलेसियाको प्रधानमन्त्री कार्यालय

– सुदिप निउरे
क्वालालम्पुर । मलेसियाले गैर नागरिकहरुको उपचार शुल्क बढाएको छ । यसको असर नेपाली कामदारमा पनि परेको छ ।

यहि जनवरी १ गते देखि लागु हुने गरि उपचार शुल्क बृद्धि भएको हो । उपचार शुल्क ७० प्रतिशतले बृद्धि गर्ने स्वास्थ्यमन्त्री डाक्टर एस सुब्रमन्युमले यस अघिनै घोषणा गरेका थिए ।  निजि तथा सरकारी क्लिनिक् होस् वा अस्पताल अब बिदेशी नागरिकले सामान्य रोगको  उपचारको लागी पनि महंगो शुल्क तिर्नुपर्ने छ ।

बिगत छ महिनाको अन्तरालमा उपचार शुल्क दुई पटक बृद्धि भैसकेको छ । गत जुलाइ महिनादेखि  यहाको सरकारले जिएसटि (GST) लागु गरे सगै उपचार  शुल्क पनि बढेको थियो । नयाँ स्वास्थ्य नितीले मुख्यगरि न्युन ज्याला भएका कामदारमाथि धेरै असर पर्ने देखिएको  छ ।

यस्को मुख्य् असर बिमाको दायरा अन्तर्गत् उपचार  नगर्ने, कम्पनिहरुले उपचार शुल्क नदिने र अबैधानिक् कामदारलाई पर्नेछ । उपचार शुल्क बारेमा यहाका  कम्पनिहरुको आ-आफ्ना नियम छन् । कतिपय् राम्रा कम्पनिहरुले सबै उपचार खर्च ब्योहोरे पनि धेरैजसोले बार्षिकरुपमा   मुस्किलले ३ सय आरएम् सम्म दिने गर्दछन् । त्यो भन्दा बढि रकम् उपचारका लागी खर्च भए तलब् बाट कटौती गर्दछन् । जस्ले गर्दा बिदेशी कामदारको न्युन पारिश्रमिकले महंगो उपचार शुल्क तिर्न कठिन हुने भएको छ ।

मानव अधिकारबादी संस्था तेनागानीता  तथा  एक्सन रिसर्च अन एड्स एण्ड मोबिलीटी जस्ता सस्थाहरुले गैर नागरिकहरुको उपचार शुल्क बढाएको प्रति असहमती जनाएका छन । सरकारको यस नितीले स्वास्थ्य पहुँचमा गिरावट आउने र समस्या झनै चर्किने अधिकारबादी संस्था तेनागानीताले स्पष्ट पारेको छ ।  बिशेषगरी संक्रमित एवं उच्च जोखिममा रहेका बिदेशी बिरामी कामदार उपचार सेवाबाट बन्चित हुने तेनागानीताको तर्क छ । कामदारको उपचार स्वास्थ्य बिमाबाटै हुनु पर्ने एक्सन रिसर्चको भनाई छ । यदी कामदारहरुले सुलभ उपचार सेवा पाउन नसके त्यस्को असर राष्ट्रिय उत्पादनमा पर्ने दुबै संस्थाको तर्क छ ।

गत बर्षको  जुलाइअघि यहांको सरकारी क्लिनिकबाट्  बिदेशी कामदारले १५ आरएममा सम्पुुर्ण उपचार पाउंदै आएका थिए । जुलाइपछि  १५ आरएमलाई बढाएर दर्ता शुल्क २३ आरएम लिन थालिएको हो । रगत्, दिशा, पिशाब, एक्सरे परिक्षण, एबुलेन्स् लगाएत् सबैको अलग् अलग् शुल्क  जुलाइ देखिनै लिन थालिएको हो ।

अहिले दर्ता शुल्क ४० आरएम देखि सुरु हुन्छ।  सामांन्य रगत्  परिक्षणको ४० आरएम, डेंगिको लागि रगत्  परिक्षण गर्दा १ सय ६० आरएम,  लगायत हरेकको  अलग् अलग् शुल्क  तिर्नुपर्ने हुन्छ । यसै गरि यहाका सबै अस्पतालहरुले पनि नया बर्षसँगै नयाँ शुल्क लागु गरेका छन् । परिश्रमीक नबढ्ने उपचार शुल्क मात्र बढ्ने गर्दा कामदार मर्कामा परेका छन् । मलेसियन नागरिकले भने स्वास्थ्य सेवा सरकारी क्लिनिक होस या अस्पताल जहांबाट पनि मात्र १ आरएममा पाउंदै आईरहेका छन् ।