१ कार्तिक २०८३, शनिबार

पूराना कलाकार लक्ष्मणविक्रम बस्नेत भन्छन्- कहाँ पाउनु दिपक-दीपा जस्ता कलाकार ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Laxman-Basnet

काठमाडौं । नेपाली सिने नगरीमा लक्ष्यमण विक्रम बस्नेत खासै चिनाइरहनुपर्ने नाम होइन ।

बिस २०३५ सालमा कर्मको रेखा बाट रंगमञ्चमा प्रवेश गरेका यीनि ४४सालमा दुर्गाराज खरेलद्धारा निर्देशित चलचित्र निष्ठुरीबाट कलाकारिता क्षेत्रमा पाइला अगाडि वढाएका बस्नेतको कलाकारिता यात्रा त्यस यता निरन्तर अगाडि वढिरहेको छ, कहिल्यै विश्राम लिएको छैन ।

लय संग्रौला निर्देशित देवी, बद्रि अधिकारी निर्देशित अविरल बग्दछ इन्द्रावती, प्रदिप अधिकारी निर्देशित फर्केर हेर्दा लगायतका टेली चलचित्रमा अभिनय गरिसकेसँगै उनले आफ्नो कलाकारिता क्षेत्रलाई पछाडि फर्केर अहिलेसम्म हेर्नुपरेको छैन ।

उमेरले ७० वर्ष पार गरिसकेका उनले थोरै भए पुगिसरी, महापुरुषको संगत, तितो सत्य, मेरी वास्सै, जिरे खुर्सानी, भद्रगोलदेखि ठूलो पर्दाको परिभाषा, मोहिनी, छविलाल कञ्जुस छैन, ६ एकान ६, झोला, वडा नम्बर ६ लगायतका चलचित्रमा अभिनय गरिसकेका छन् ।
४० वटा ठूला पर्दाका चलचित्रमा, ८० वटा टेलिफिल्म, २० वटा रेडियो नाटकमा अभिनय गरेका उनी ०४२ सालदेखि निरन्तर यही क्षेत्रमा क्रियाशिल छन् ।

गाविस सचिवबाट रिटायर्ड भएका यीनलाई नेपाली सिने क्षेत्रमै जीवन्त अभिनय दिदै आएका कलाकारका रुपमा चिनिन्छन ।

आफ्नो नशा नशामा कलाकारिता रहेको बस्नेत सुनाँउछन । उनको नजरमा दिपकराज गिरी र दिपाश्री निरौला सधै सम्मानयोग्य व्यक्ति हुन कारण कलाकारिता क्षेत्रमा चौतर्फी श्रमशोषण भइरहदा दिपक र दिपाले पसिनाको एक एक थोपाको हिसाब गरेर पैसा दिने गरेको उनको अनुभव छ ।