
काठमाडौं, ८ माघ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको अबरोधका बावजुद चल्दै आएको सदनको बैठकमा आज पनि संविधान संशोधनको प्रस्तावमाथि छलफल हुनेछ ।
नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्ने बैठकमा संविधान संशोधनको दफावार छलफलमा सांसदहरूले भाग लिने छन् । छलफलमा भाग लिन बाँकी सांसदहरूले आज बोलेर सक्ने बताइएको छ ।
जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाइनु पर्ने तथा राज्यका हरेक अंगामा समावेशी र समानुपातिक सहभागिताको विषय संविधान संशोधनमा राखिएको छ ।
तर कांग्रेसका मधेस केन्द्रित सांसदले जनसंख्यालाई मात्रै आधार बनाइ निर्वाचन क्षेत्र बनाउन माग गरेर पूरक संशोधन लगेका छन् । यसको एमाले र एमाओवादीले विरोध गर्दै आएका छन् ।












प्रतिक्रिया