२३ कार्तिक २०८३, सोमबार

संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समिति बस्दै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

upendra_yadavकाठमाडौं, ८ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र जारी आन्दोलनका विषयमा छलफल गर्न संघीय समाजवादी फोरम नेपालको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

काठमाडौंको शान्तिनगरमा आज दिउँसो बस्ने बैठकमा साढे पाँच महिनादेखि जारी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक र भावी रणनीतिका विषयमा छलफल हुने बुझिएको छ ।

स्रोतका अनुसार मधेसी मोर्चासँगको सहकार्यमा भइरहेको आन्दोलनलाई के गर्ने भन्ने विषयमासमेत परामर्श हुनेछ ।

मधेसी मोर्चासँगको आन्दोलन साढे पाँच महिना भइसक्दा पनि सहमति हुने कुनै आधार नदेखेका अध्यक्ष उपेन्द्र यादवले सरकारको विकल्पका विषयमा छलफल गर्नुपर्ने बताउँदै आएका छन् ।