२३ कार्तिक २०८३, सोमबार

संसदमा संविधान संशोधन प्रस्तावमाथि दफवार छलफल सुरू, थारु र मधेसी सांसद बाहिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, ७ माघ । संविधानको संशोधन प्रस्तावमाथि आजदेखि दफावार छलफल प्रक्रिया सुरू भएको छ ।

मधेसी मोर्चाको असहमतिका कारण लामोसमयदेखि संसदमा अल्झिरहेको संशोधन प्रस्तावमाथि छलफल सुरू भएको हो ।

संसदको आजको बैठकमा मधेसी मोर्चा र थारु सांसदहरू भने बसेका छैनन् ।

मधेसी र थारु सांसदहरू बैठक सुरू हुनेवित्तिकै नारावाजी गर्दै बाहिरिएका हुन् । उनीहरू बाहिरिएपछि सदनको बैठक चलिरहेको छ ।

संविधान संशोधनका विषयमा आजदेखि छलफल हुने कार्यसूची रहेपछि मधेसी र थारु सांसदहरूले आफ्ना माग सम्बोधन नगरेको भन्दै सदनको बैठकबाट बाहिरिएका हुन् ।

पुरक संशोधनकर्ता सांसदहरूले आआफ्ना संशोधन बैठकमा पेश गरिरहेका छन् ।

जनसंख्याका आधारमा निर्वाचिन क्षेत्र निर्धारण तथा राज्यका हरेक क्षेत्रमा समावेशी प्रतिनिधित्वको विषयमा संविधानमा संशोधन गर्न थालिएको हो ।