
– विमल योगी
काठमाडौं, ७ माघ । प्रमुख तीन दल र मधेसी मोर्चाको शीर्ष स्तरीय वार्ता निष्कर्षविहिन बनेको छ ।
कार्यदलस्तरीय वार्ताबाट समाधान ननिस्किएपछि आज विहान प्रमुख दल र मोर्चाबीच प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष स्तरीय वार्ता भएको थियो ।
वार्तापछि सञ्चारकर्मीलाई जानकारी गराउँदै मोर्चाका नेता एवं संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आज पनि वार्ता सफल हुन नसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘सरकारले हाम्रा माग सम्बोधन गर्न चाँहेन्, चार महिना अघि बहस जहाँ थियो, अहिले पनि त्यहिँ नै छ । शीर्षस्तरीय वार्ताबाट पनि कुनै उपलब्धि भएन्’
नेता यादवले अहिलेको सरकारबाट मधेसका माग सम्बोधन हुन नसक्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो– यो सरकारले हाम्रो माग पुरा गर्न सक्दैन् । जनताको समस्या पनि समाधान गर्न सक्दैन ।’
बालुवाटारमा के–के भयो ?
नेता यादवले आजको बालुवाटार बैठक पनि चियाँ गफमै सकिएको बताउनुभयो । उहाँले भन्नुभयो– निकै उपलब्धिमुलक होला भनेर आश मानेर वार्तामा गयौं । तीन दलले उही पुरानै कुरामा अड्काएर निष्कर्षविहिन बनाए । हामीले आफ्ना कुरा राख्यौ । उहाँहरुले यसमा अझै छलफल आवश्यक छ । अर्काे बैठकमा समाधानबारे छलफल गर्छाै भन्नुभयो । हामी आफ्नो माग र अडानमा स्पष्ट छौं । तर, तीन दल अस्पष्ट भए, माग सम्बोधन गरौ कि नगरौ भन्ने दोधारमा छन् ।












प्रतिक्रिया