२३ कार्तिक २०८३, सोमबार

सद्भावनाका अध्यक्ष राजेन्द्र महतो फेरि विरामी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato 1

सिरहा, ७ माघ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो फेरि बिरामी पर्नुभएको छ । सिरहाको लहानमा पार्टी कार्यकर्तासँग छलफल गरिरहेकै बेला अचानक उच्च रक्तचाप बढेर उहाँ बिरामी पर्नुभएको हो ।

“अचानक उच्च रक्तचाप बढेर बेहोस भएपछि उपचारका लागि लहानस्थित डिभाइन अस्पतालका डा चन्द्रशेखर यादवलाई बोलाएँ”– सद्भावना पार्टीका महासचिव राजुु गुुप्ताले भन्नुुभयो– “डाक्टरको सल्लाहअनुसार अहिले उहाँ बेडरेस्टमा हुनुहुन्छ ।”

विराटनगरको जोगवनी नाकामा धर्नाका क्रममा झडपमा गम्भीर घाइते हुनुभएका महतो दिल्लीमा उपचार गराएर तीन दिन अगाडिमात्रै काठमाडौँ पुुग्नुुभएको थियो । दिल्लीका चिकित्सकले अध्यक्ष महतोलाई केही दिन आराम गर्न सुुझाव दिए पनि उहाँ सल्लाह नमानेर काठमाडौँ पुुग्नेबित्तिकै राजनीतिक भेटघाटमा व्यस्त हुनुुभएको थियो ।

काठमाडौँमा राजनीतिक भेटघाट र पार्टीको बैठकपछि पहिलो मधेस आन्दोलनको पहिलो सहिद रमेश महतोको बलिदानी दिवस मनाउन मङ्गलबार लहान आएर कार्यक्रममा पनि करिब एक घन्टाभन्दा बढी बोल्नुुभयो ।

बेडरेस्ट नगरेकै कारण उहाँ फेरि बिरामी परेको उपचारमा संलग्न डा यादवले बताउनुुभयो । उहाँका अनुसार टाउको दुख्ने, रक्तचाप उच्च हुने, रिँगटा लाग्ने र आँखा दुख्नेलगायतका समस्याबाट अध्यक्ष महतो ग्रसित हुनुुभएको छ ।

अचानक बिरामी परेपछि उहाँ सिरहाको माडरमा आज मधेसी मोर्चाले आयोजना गरेको सभामा समेत जान सक्नुुभएन र लहानकै होटलमा आराम गर्दैहुनुहुन्छ । बिहीबार राजविराजस्थित मोर्चाको सभामा सहभागी हुने सम्भावना पनि घटेको छ । रासस