१ कार्तिक २०८३, शनिबार

सानो–सानो कुरामा चित्त दुःखाउने लोग्नेस्वास्नीको यो जोडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sudha Devkota

केही भन्यो कि रोइ हाल्ने बानी,
जति मैले सम्झायो नजानी,
पीडा नलुकाउ,
जहाँ धेरै माया हुन्छ,
त्यहाँ गल्ती हुन्छ, सानु,
सानो सानो कुरामा चित्त नदुखाऊ ।

यो गीतको शब्द आफैमा मायाप्रेममा ओतप्रोत छ । त्यसमा पनि आफ्नी जीवन संगिनीलाई फकाउन गरिएको प्रयासमा मुक्ति गौतमले लेखेको गीत हो, यो । आफू नै विवाहित मुक्तिलाई कसिरी फुर्‍यो त यो गीतको शब्द ? उनी भन्छन्, ‘त्यस्तो केही होइन । तर आफ्नै जोडीको कथा र मायाप्रेम देखेर गीत लेख्ने सोँचमा थिएँ । त्यसलाई शब्दमा उतोर रेकर्ड गराएको हुँ ।’

यो गीत छायाँकन पनि गरिएको छ । धादिङका विभिन्न स्थानमा गीतको छायाँकन गरिएको हो । गीतमा त्रिशुली नदी किनारका दृश्य कैद गरिएका छन् । आउट डोर त्रिशुली नदी किनारको छ । इनडोरको छायाँकन कोटेश्वरको एउटा घरमा गरिएको थियो । गीतको निर्देशन सुदीप कुँवर र रोजल थापाले गरेका हुन् ।

जयको लय, संयोजन र स्वरमा तयार भएको यो गीतमा कोटीको स्वर गायिका मुना थापाले दिएकी छिन् । आलाप रेकर्डिङ स्टुडियो अनामनगरमा रेकर्डिङ गराइएको यो गीत लोग्नेस्वास्नीको मायापिरतीमा आधारित छ । गीतलाई एरेञ्ज सञ्जय श्रीपालीले गरेका हुन् ।

लोग्नेस्वानीबीचको मायाप्रेमलाई दर्शाउन गीतको दृश्यमा धेरै मिहिनेत गरिएको छ । सानो कुरामा पनि रिसाउने लोग्ने र स्वानी दुबैले एकअर्कालाई फकाउन गरेको प्रयासलाई गीतमा झल्काइएको छ । गायक देवकोटाका अनुसार गीतको छायाँकन राम्रो भएको छ ।

डे र नाइट दुबै दृश्य रहेको यो गीतमा मोडलिङ मुक्ति गौतम र सुधा देवकोटा गौतमले गरेका छन् । गीतमा लोग्नेस्वास्नीको रुपमा मोडलिङ गरेका मुक्ति र सुधा बास्तविक जीवनमा पनि लोग्नेस्वास्नी हुन् ।

गीतको छायाँकनका क्रममा मुक्ति र सुधाले राम्रो अभिनय गरेको गायक देवकोटाले बताए । ‘गीतको भावअनुसार एक जना विवाहित जोडी नै चाहिएको थियो’, गायक देवकोटाले भने, ‘मुक्ति र सुधाको जोडीलाई लिएर शूटिङ् गर्न गएँ । शूटिङ् गर्नुअघि कस्तो अभिनय गर्ने हुन् भनेर डर लागेको थियो । तर उहाँहरूले मलाई निराश बनाउनु भएन ।’

प्रस्तुतिः विमल योगी
Jaya Devkota Sudha & Mukti