
काठमाडौं, ६ माघ । नेपाली काँग्रेसले संविधान संशोधन विधेयक पारितको कार्यसूची रहेको यही माघ ९ गतेको व्यवस्थापिका संसद्को बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई निर्देश गरेको छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले आज ह्वीप जारी बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिनुभएको हो ।
सो दिनको बैठकमा संविधान संशोधनसम्बन्धी विधेयकलाई पारित गर्ने कार्यक्रम रहेकाले अनिवार्य उपस्थित भई सो प्रस्तावको पक्षमा अनिवार्य मतदान गर्न ह्वीपमा भनिएको छ । रासस












प्रतिक्रिया