२३ कार्तिक २०८३, सोमबार

मधेसी मोर्चालाई उपप्रधानमन्त्री रावलले भने- यसरी नभाग्नुस्, हामी तयार छौं

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhim-rawal-890x395_c

काठमाडौँ, ६ माघ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीम रावलले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले राखेका माग पूरा गर्न सरकार पूर्ण प्रतिबद्ध रहेकाले मोर्चालाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।

न्यूरोडस्थित समृद्धि बहुउद्देश्यीय सहकारी संस्थाको आज यहाँ उद्घाटन गर्दै मन्त्री रावलले भन्नुभयो– “हिजो अचानक मोर्चाले कार्यदलसँग वार्ता नगर्ने भन्ने जानकारी गरायो । यो दुःखद् कुरा हो । सरकार जुनसुकै तहमा वार्ता गर्न तयार रहेकाले मोर्चा भाग्नु पर्दैन ।”

रक्षामन्त्री रावलले चीनसँग प्रधानमन्त्री तहमा नै व्यापार सम्झौता हुन लागेको जानकारी दिँदै चीनसँग जोडिएका सबै नाका सहज बनाएर प्रधानमन्त्री तहमा छिट्टै सम्झौता हुने दाबी गर्नुभयो ।

सहकारीका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले मुलुकको समृद्धि, विकास र गरिबी निवारणमा ठूलो योगदान गरेको चर्चा गर्दै सहकारीलाई जोगाउने दायित्व सरकारको पनि रहेको बताउनुभयो ।

संस्थाका सचिव जगत साउदले शिक्षा, स्वास्थ्यका साथै नवउद्यमीलाई प्रोत्साहन दिन संस्थाको स्थापना गरिएको बताउँदै सहकारीको रु पाँच करोड सेयर पुँजी रहेको जानकारी दिनुभयो । रासस