
पथरी (मोरङ), ६ माघ । आगामी माघ २८ गतेदेखि विराटनगरको सहिद रङ्गशालामा विराट गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
आज विराटनगरमा विराट गोल्डकप टुर्नामेन्ट—२०७२ आयोजक समितिले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताबारे जानकारी गराएको हो ।
माघ २८ देखि आयोजना हुने प्रतियोगिताका लागि नेपालका टिमसँगै भारत, बङ्गलादेश, भुटान तथा सिक्किमका गरी १० टिम सहभागी हुने आयोजकको दाबी छ । आयोजक समितिका संयोजक राजेन्द्र राउतले विजेताले रु पाँच लाख एक हजार नगदसहित कप र गोल्ड मेडल तथा उप–विजेताले रु तीन लाख एक हजार नगद तथा सिल्भर मेडल प्राप्त गर्ने जानकारी दिनुभयो ।
प्रतियोगिताका लागि विभागीय टिम त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल टिमसहित थ्री स्टार क्लब, झापा—११, भुटान—११, मोरङ—११, हुन्डाइ, मनाङ मस्र्याङ्दी, जर्ज टेलीग्राफ भारत, बङ्गबन्धु बङ्गलादेश र युनाइटेड सिक्किम फुटबल क्लब सहभागी हुने आयोजकको दाबी छ ।
करिब रु ७५ लाख खर्च हुने अनुमान गरिएको प्रतियोगिताका लागि टिकटको बिक्रीबाट केही र प्रायोजकले रु २० लाख जुटाउने छन् । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्स, फेयर प्ले टिमसहित नौ शीर्षकमा पुरस्कार दिइने पत्रकार सम्मेलनमा जाकारी दिइएको थियो । रासस















प्रतिक्रिया