
काठमाडौं, ६ माघ । सडक फरक पार्ने नाममा उपत्यका शहरी विकास प्राधिकरणको काम बाटोमा चीना लगाउदै स्थानीय बासीलाई त्रसित पार्दै पैसा असुल्दै हिड्ने हो ? होइन भने भीआइपीहरुको बसाइ रहेको कोटेश्वरस्थित शुभकामना मार्गमा पटक पटक गरी नौ पटक सम्म डोजर लगाएर जोतिसक्दा पनि त्यही नजिकै रहेको सञ्जिवनी मार्गमा चाँही तीन वर्ष अगाडि नै यहाँ÷यहाँ भत्काउने भनेर चीना मात्र लगाएर किन छोडिएको होला ?
कोटेश्वर शुभकामना मार्गमा बाटो विस्तार रोक्नका लागि गरिएको शक्ति प्रर्दशनको कहानी सुन्दा जिब्रो टोक्नुपर्ने अवस्था छ । सत्ता र शक्तिलाई नै सर्वाेपरी ठान्ने समाजमा बाटो विस्तार रोक्न एमाओवादी अध्यक्ष प्रचण्डदेखि गृहमन्त्री शक्ती बस्नेत, एमाओवादी नेता लिलामणी पोखरेलसम्म परिचालित भए ।
गत वैशाख गत मातातीर्थ औषीको दिनबाट यता जेष्ठ २२, अषाढ, भदौ ४, भदौ २८ गरि हालसम्म गरी नौ पटक डोजर पठाइएयो । पटक पटक गरी नौ पटक सम्म सडक विस्तारका नाममा उपत्यका शहरी विकास प्राधिकरणले डोजर पठाँउछ । स्थानीयहरु शक्तिको प्रर्दशन गर्दै डोजर फर्काउछन । यस्तै दोहोरीको बीचमा डोजर लगाउन नदिने र बाटो कुनै हालतमा फराकिलो बन्न नदिने पक्षमा थिए पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीका भाई प्रकाश रेग्मीदेखि आयल निगम सञ्चालक समितिका पूर्व अध्यक्ष सरोज पाण्डे, नेकपा एमाओवादी राष्ट्रिय व्यापार संघका केन्द्रीय सदस्य चन्द्रलाल श्रेष्ठ, राष्ट्रिय पूर्नजागरण पार्टीका अध्यक्ष विनोद थापा, एलडिओ महासंघका महासचिव हेमराज लामिछाने, इमिग्रेसनका सहसचिव टेकराज ज्ञवाली, हनुमान ढोका संग्राहलयमा कार्यरत विष्णु ज्ञवाली सम्म । यो प्रकरणले काठमाडौं नगर प्रमुख भाइकाजी तिवारी आफैं पनि हुनुसम्म हत्तु भए ।
एउटा पिलन्धरो कर्मचारी, कहिले कसले थर्काउछ, कहिले कसले । भाइकाजी आफैं पनि बाटो विस्तार गराउनैपर्नै अडानमा थिए । यस अगाडि रेखांकन हुँदा (जिएलडी) गाइडलाइन डेभलपमेन्ट अनुसार बाटोलाई २० फिटे फराकिलो पार्नु भन्ने स्पस्टै उल्लेख गरिएको छ । तर समस्याको रुपमा खडा भए स्थानीयबासी ।
एकाथरी स्थानीय कुनै हालतमा पनि बाटो विस्तार नगरी नछोड्ने र अर्काे पक्ष कसनै हालतमा बाटो विस्तार हुन नदिने । एउटै जंगलमा दुइवटा सिंह भएपछि तँ ठूलो कि म ठूलो भन्ने पावर प्रर्दशनी गर्नुपर्ने अवस्था सृजना भयो । समानान्तर समिति बन्ने भएपछि झस्किएको केहीव्यक्तिहरुले माओवादी पार्टीका लागि दाना पानी जुटाउने चन्द्रलाल श्रेष्ठलाई अध्यक्ष बनाई शुभकामना मार्ग विकास समाज गठन गर्न भ्याए । र लक्ष्मण थापा, भगवान गिरीहरुको अर्काे समिति बन्यो शूभकामना मार्ग प्रगतीशिल टोल सुधार समिति । यो समितिको दर्ता रोक्नका लागि उनै चन्द्रलाल श्रेष्ठ परिचालित भए । गृहमन्त्री शक्ति बस्नेतले प्रमुख जिल्ला अधिकारीलाई यो संस्था दर्ता नगर्न निर्देशन नै दिएका थिए ।
यही बीचमा सडक विस्तार जसरी पनि हुनुपर्ने अडान लिदै आएका स्थानीयहरुको भेट यूवा संघ नेपालका अध्यक्ष राजीव पहारीसँग हुन पुग्यो । जो सडक विस्तार गर्न चाहन्थे । तत्तकालिन प्रमुख जिल्ला अधिकारी एकनारायण अर्याल कसैको दवाव र प्रभावमा पर्ने खालको व्यक्ति थिएनन् । उनले सबै बस्तुस्थिती विस्तृत रुपमा बुझें र भगवान गिरीहरुको संस्थालाई दर्ता गराइदिए । यही संस्थाका प्रतिनीधिहरुसँग मिलेर राजीवले कहिले भाइकाजी त कहिले पूर्व प्रधानमन्त्री माधव कुमार नेपालसम्मलाई भेटे । नेपाल त्यही टोलका स्थायी बासिन्दा हुन । उनलाई समेत चन्द्रबहादुरहरुको समूहले उल्टै गुमराहमा पारेका थिए । जव बस्तुस्थिती बुझे उनले पनि बाटो विस्तार गर्नै पर्ने अडान राखे । केही साता अगाडि मात्रै बाटो विस्तार कार्यलाई पूरा गरेको छ । भाइकाजीसँग यस्ता सास्तीका कहानी त कति छन कति ।












प्रतिक्रिया