
गोलबजार (सिरहा), ६ माघ । तराई मधेस लोकतान्त्रिक पार्टीका महामन्त्री जितेन्द्र सोनलले मधेस अधिकारका लागि लडिरहेका सबै दल मिलेर एक ठूूलो शक्ति निर्माण गर्न आवश्यक भएको बताउनुुभएको छ ।
सिरहाको लहानमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले मधेसवादीहरुको एउटा बेग्ले शक्ति बने मधेसको मुक्ति सहज हुने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो- “कहीँ संविधान कार्यान्वयन भएर निर्वाचन भयो भने मधेसवादी शक्ति मिल्नैपर्ने हुुन्छ । त्यसैले अहिले नै एउटा शक्ति भएर अगाडि बढ्न जरुरी छ ।”
उहाँले मधेसी शक्ति एक भए मधेसबाट अन्य सबै दल बढारिने बताउनुभयो ।
उहाँले भन्नुुभयो – “अशोक राईको पार्टीसँग उपेन्द्र यादवले एकीकरण गर्दा जति सजिलो ढङ्गले भयो त्योभन्दा सजिलै मधेसवादी दलहरुको शक्ति बन्न सक्छ ।” रासस












प्रतिक्रिया