१ कार्तिक २०८३, शनिबार

भारतले गर्‍यो अन्तरिक्षमा अर्काे प्रक्षेपण

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

india-rocket

काठमाडौं, ६ माघ । भारतले बुधबार विहान अन्तरिक्षमा पांचौं उपग्रहको सफल प्रक्षेपण गरेको छ ।

योसँगै भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले अन्तरिक्षमा एउटा अर्काे सफलता हात पारेको हो ।

इण्डिया रीजनल नेविगेशन सेटेलाइट सिस्टम (आईआरएनएसएस)को पाँचौं उपग्रहलाई अन्तरिक्षमा सफल प्रक्षेपित गरिएको हो । पीएसएलवी-सी३१ नामक रकेटको माध्यमबाट यो उपग्रहलाई अन्तरिक्षमा पठाइएको हो । यसलाई वर्ष २०१६ को पहिलो सफल प्रक्षेपण मानिएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आईआरएनएसएसका अधिकारीलाई पीएसएलवी सी–३१ रकेटलाई सफल प्रक्षेपण गरेकोमा बधाई दिएका छन् । (एजेन्सीको सहयोगमा)