२३ कार्तिक २०८३, सोमबार

एमालेकै वरिष्ठ नेता खनालद्वारा सरकारको आलोचना, तराईमा मधेस छैन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhalanath-Khanalकाठमाडौं, ६ माघ । एमाले वरिष्ठ नेता झलनाथ खनालले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै चर्को आलोचना गर्नुभएको छ ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै पूर्वअध्यक्ष समेत रहनुभएका वरिष्ठ नेता खनालले सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको आरोप लगाउनुभयो ।

‘सरकार प्रभावकारी ढङ्गले चलेको छैन । सरकारले कालोबजारी रोक्न सकेन । जनतालाई सहज रुपमा दैनिक उपभोग्य सामाग्री र इन्धन नदिएको जनगुनासो छ’, उहाँले भन्नुभयो, ‘म एमालेका तर्फबाट भन्छु । सरकार प्रभावकारी रुपमा काम गरोस् ।’

सरकारको चर्को आलोचना गर्नुभएका एमाले नेता खनालले वर्तमान सरकारमा विभिन्न थरि दलहरू रहेका कारणले पनि प्रधानमन्त्रीलाई काम गर्न कठिनाइ भएको हुन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सरकारमा अनेक थरि दलहरू छन् । आन्दोलन छ । सबैले गर्दा सरकार चलाउन कठिनाइ भएको हुन सक्छ । तर, कठिनाइ छ भनेर काम नगरेर बस्ने भन्ने हुँदैन ।’

पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले मधेसी मोर्चासँग गरेको सम्झौताको गलत ब्याख्या भएको एमालेका वरिष्ठ नेता खनालले विरोध गर्नुभयो । ‘गिरिजाप्रसाद कोइरालाले मधेस प्रदेश दिने सहमति गर्नुभएको हो । तर कञ्चनपुरदेखि झापासम्म दुई प्रदेश दिने कतै सहमति गर्नुभएको छैन । गिरिजाप्रसाद कोइरालालाई गतल रुपमा प्रस्तुत नगर्नुस्’, उहाँले भन्नुभयो ।

मधेसको ब्याख्या गलत रुपमा मधेसी नेताहरूले गरेको खनालको आरोप छ । उहाँले भन्नुभयो, ‘समथल भू–भाग सबै मधेस होइन । थारुले तराईमा मधेस छ भनेर स्वीकारेको छैन । थारुले मधेस मान्दैन । मधेस छैन, तराई मात्र छ भन्छन् थारुहरू । थारुहरूले ग्रन्थहरू लेखिरहेका छन् । महेश चौधरीले पनि आफ्नो कितावमा लेखेका छन् । मधेसी मोर्चाका नेताहरूले तराईको गलत ब्याख्या गरेका छन् । तराईमा मधेस छैन ।’

मधेसी मोर्चा सहमति हुन लागेका बेला वार्ताको टेबुलबाट भागेको एमाले नेता खनालले आरोप लगाउनुभयो । ‘सहमतिको निकट पुगेको बेला मधेसी मोर्चा संसद बहिष्कार गरेर किन बाहिरियो ? मोर्चा किन समस्या चाहँदैन भन्ने प्रश्न उठेको छ । मधेसी मोर्चा मुलुकमा ठूला समस्या ल्याउन चाहन्छ कि भन्ने आशंका जन्मिएको छ । मधेसी मोर्चा वार्ताप्रति जिम्मेवार छैन ?’