३० आश्विन २०८३, शुक्रबार

माल्दिभ्सविरुद्ध नवयुगको ह्याट्रिक, नेपाल बङबन्धुकपको फाइनलमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football

काठमाडौं, ५ माघ । नेपाल बंगलादेशको ढाकामा जारी बंगबन्धु गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

मंगलबार साँझ ढाकामा माल्दिभ्सलाई ४–१ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेका हो । नेपालका नवयुग श्रेष्ठले ३ गोलसहित ह्याट्रिक हाने भने विशाल राईले १ गोल गरे ।

माल्दिभ्सले खेलको अन्तिम समय ७५ औं मिनेटमा गोल फर्काएको थियो । ह्याट्रिक हान्ने नवयुग म्यान अफ द म्याच बनेका छन् ।

नेपालले फाइनलमा आगामी ८ गते शुक्रबार बहराइन यू–२३ को सामना गर्नेछ ।