१ कार्तिक २०८३, शनिबार

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

President Obama Meets With Prime Minister Narendra Modi Of India At The White House

काठमाडौं, ५ माघ । विश्वकै खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आइएस)ले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मार्ने धम्की दिएको समाचार सार्वजनिक भएको छ ।

भारतीय च्यानल आजतकमा प्रकाशित समाचार अनुसार आइएसले भारतको गोवा राज्यमा एक वेवारिशे पत्र पठाएर प्रधानमन्त्री मोदीका साथै रक्षामन्त्री मनोहर पर्रिकरलाई मार्ने धम्की दिएको हो ।

गोवा प्रहरीले यो वेवारिशे पत्रको फोटोकपी गरी राज्यका सबै प्रहरी चौकीमा पठाएको छ । साथै यो घटना आतंकवाद निरोधक दस्ता (एटीएस)को जिम्मा लगाइएको छ ।

गोवाका एक वरिष्ठ पुलिस अधिकारीले भनेका छन्- गएको हप्ता गोवाको राज्य सचिवालयलाई एक धम्कीले भरिएको पोस्टकार्ड प्राप्त भएको थियो । जसलाई तुरुन्तै गोवा प्रहरीको जिम्मा लगाइएको थियो ।

ती प्रहरी अधिकारीका अनुसार राज्य प्रहरीका सबै एजेन्सीहरु यो धम्की पत्रको जांच गरिरहेको छन् । चाँडै यो पत्रको स्रोत पत्ता लाग्नेछ । उक्त पोस्टकार्ड(पत्र)को तल्लो भागमा आईएसआईएस लेखिएको अधिकारीहरुले पुष्टि गरेका छन् ।

पत्रमा गोहत्या(गाई मार्न)माथि प्रतिबन्ध लगाइएको असन्तुष्टि जनाइएको छ ।