१ कार्तिक २०८३, शनिबार

आईएसले फेरि अर्काे सहर कब्जामा लियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Is-Ladaku

बेरुत (सिरिया), ५ माघ । सिरियामा आन्दोलनरत् प्रतिपक्षी दलले इस्लामिक स्टेट (आईएस) लडाकूले सिरियाको पूर्वी क्षेत्रमा अवस्थित थप भूभागलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ ।

सिरियाली राष्ट्रपति बसार अल असादलाई सत्ता छोड्न दबाब दिँदै आन्दोलनरत् प्रतिपक्षी दलका नेता तथा कार्यकर्ताले पूर्वी सहर आईएसको कब्जामा जानु सरकार कमजोर भएको सङ्केत बताएका छन् ।

प्रतिपक्षी दलका नेता ओमार अबु लेइलाले आईएस लडाकूद्वारा आयास सहर तथा वरपरको भूभाग उनीहरुको नियन्त्रणमा लिएको बताउनुहँुदै यो टिप्पणी गर्नूभएको अन्तरराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

सिरियामा कार्यरत् मानवअधिकार अनुगमन गर्ने बेलायत अवस्थित उक्त संस्थाले आयासको उत्तरी भागलाई नियन्त्रणमा लिएको बताएको छ ।

आईएस लडाकूले एउटा सैनिक शिविर, सैन्य हवाई अखडा र वरपरको भागलाई लिएको पुष्टि गरेको छ ।

यससँगै आईएसले कब्जामा डेरएलजोर प्रान्तको राजधानीसहित धेरैजसो भूभाग नियन्त्रणमा गएको छ भने यस प्रान्तका उत्तरी जिल्लाहरुमा सरकारको नियन्त्रण कायम रहेको छ ।

यसैबीच बसार अल असाद नेतृत्वको सरकारले आइतबार एक विज्ञप्ति जारी गर्दै गएको हप्ताको अन्त्यतिर डेरएलजोर सहरलाई नियन्त्रणमा लिने क्रममा ठूलो सङ्ख्यामा स्थानीयको हत्या गरेको जनाएको छ ।

सरकारी अधिकारीले बताएअनुसार आतङ्कवादी लडाकूले निहत्था ३०० जनाभन्दा बढी मानिसको हत्या गरेको विज्ञप्तिमा जनाइएको छ । रासस/एपी