
मुम्बई । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले बलिउडका चर्चित अभिनेताहरुलाई सुर्तीजन्य उत्पादनको प्रचार प्रसार नगर्न आग्रह गरेका छन् ।
आम आदमी पार्टीका नेता समेत रहेका केजरीवालले मंगलबार शाहरुख खान, अजय देवगनलगायतका बलिउड स्टारहरुलाई चिठी लेख्दै मानिसको स्वास्थ्यमा गम्भीर असर पार्ने सुर्तीजन्य बस्तुको प्रचार नगर्न अनुरोध गरेका हुन् ।
उनले सुर्तीजन्य उत्पादनको प्रवद्र्धन नगरिदिन अनुरोध गर्दै शाहरुख, अजय, गोविन्दा, सैफअलि खान र अरबाज खानलाई चिठी लेखेको भारतीय समाचार संस्थाहरुले जनाएका छन् ।
यी स्टारहरुले गुट्खा, पान मसलालगायतका उत्पादनको टेलिभिजन र अरु माध्यममा विज्ञानपनमा अभिनय गरेको र प्रवद्र्धनमा सघाएको उनको आरोप छ ।
दिल्लीलाई नमुना राज्य बनाउन विभिन्न कार्यक्रम ल्याइरहेका केजरीवालले सहरलाई धुम्रपानरहित बनाउन स्टारहरुलाई चिठी लेखेर सुर्तीजन्य उत्पादनको प्रचार प्रसार नगर्न भनेका हुन् ।















प्रतिक्रिया