
काठमाडौं, ४ माघ । लामो समयपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।
निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको मूल्य घटाएको हो ।
पेट्रोलमा ५ रूपैयाँ पैसा, डिजलमा ६ रूपैयाँ, मटीतेलमा ६ रूपैयाँ मूल्य घटाइएको निगमका कार्यकारी निर्देशक गोपाल खड्काले जानकारी दिनुभयो । ‘विश्व बजारमा घटेको मूल्यअनुसार सोमबार साँझ बसेको निगमको बैठकले चार महिनापछि मूल्य घटाएको हो,’ खड्काले भन्नुभयो ।
उहाँका अनुसार निगमले हवाई इन्धनमा करिब ६७ रूपैयाँ मुल्य घटाएको छ ।
नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ९९ रूपैयाँमा झरेको छ । त्यसैगरी डिजेल र मट्टितेल ७५ रुपैयाँमा झरेको छ । मूल्य घटेपनि अघोषित नाकाबन्दीले आपूर्ति सहज नहुँदा लागु हुन कठिन हुने कतिपयको बुझाई छ ।












प्रतिक्रिया