
– विमल योगी
काठमाडौं, ४ माघ । प्रमुख तीन दल कांग्रेस एमाले र एमाओवादीको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले आन्दोलनरत मधेसी मोर्चाको सीमांकनको माग पुरा गर्न नसकिने निष्कर्ष निकालेको छ ।
बैठकपछि सञ्चारकर्मीलाई जानकारी गराउँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले तराईमा दुई प्रदेश बनाउने मधेसी मोर्चाको माग पुरा गर्न नसकिने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो- मधेसी मोर्चाका मागमा सबै विषयमा छलफल भयो । मोर्चाले उठाएको सीमांकनको विषयमा अझै छलफल आवश्यक छ । मोर्चाका साथीहरुले जे माग्नुभएको त्यो जस्ताको तेस्तै पुरा गर्न सकिने अवस्था छैन् । भोली थप छलफल गरेर टुंगो लगाउँछौं ।’
उहाँले सीमांकनको विषयमा भोली टुंगो लगाउने प्रयास गरिने नलागेपनि संविधान संशोधन विधेयक अगाडि बढ्ने बताउनुभयो । ‘संशोधन विधेयक कुनै हालतमा रोकिन्न्’ उहाँले भन्नुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग बोल्दै एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मोर्चाका मागबारे बैठकमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो– मोर्चाको सीमाकंन मागबारे छलफल भयो । तराईमा दुई प्रदेश भन्ने शब्द छोडेर सीमांकनमा हेरफेर हुन्छ ।
तीन दलको यस्तो निष्कर्षपछि तीन दल–मोर्चा कार्यदलले गृहकार्य सुरु गरेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति सुशील कोइराला, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत दोस्रो तहका नेताहरु उपस्थित हुनुहुन्थ्यो ।












प्रतिक्रिया