१४ कार्तिक २०८३, शनिबार

भूकम्पपीडितलाई सहयोग गर्न आयरल्यान्डमा इन्जिनियरिङ प्रतियोगिता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aayarland

काठमाडौँ, ४ माघ । नेपालका भूकम्प प्रभावितलाई सहयोग जुटाउन युरोपेली राष्ट्र आयरल्यान्डमा इन्जिनियरिङ परियोजना प्रतियोगिता मङ्गलबारदेखि आयोजना हुने भएको छ ।

‘जहाँ इन्जिनियर छैनन्, त्यो समुदायको सबलीकरणको रुपरेखा (डिजाइन)’ नारासहित उद्घाटन हुने प्रतियोगितामा आयरल्यान्डका विभिन्न इन्जिनियरिङ क्याम्पस तथा विश्वविद्यालयका ३०० विद्यार्थीले सहभागिता जनाउने भएका छन् ।

नेपाल आयरल्यान्ड सोसाइटीका अध्यक्ष दीपेशमान शाक्यले प्रतियोगितामा ग्रामीण बस्तीका लागि भूकम्प प्रतिरोधी घर बनाउने, हवाई ऊर्जाबाट मोबाइल चार्ज गर्ने, दुर्गम गाउँमा खानेपानी शुद्धीकरण गर्ने, दाउराको आगोबाट विद्युत् उत्पादन गर्ने लगायत परियोजनाका लागि प्रतियोगीले आवेदन भरेको जानकारी दिनुभयो ।

इन्जिनियर्स विदाउट बोर्डर्स आयरल्यान्ड र समुदायमा प्रविधि विकाससम्बन्धी अनुसन्धान समूह डिटिसीले संयुक्त रुपमा प्रतियोगिता आयोजना गर्न लागेका हुन् । प्रतियोगितामा उत्कृष्ट हुने प्रतियोगीले नेपालका भूकम्प प्रभावित बस्तीसम्म पु¥याएर आफ्नो डिजाइनबारे बताउने अवसर पाउने छन् ।

इन्जिनियर्स विदाउट बोर्डर्स आयरल्यान्डका निर्देशक डेक्लान एलक्लक भन्नुभयो– “कार्यक्रममा सहभागिता जनाउने विद्यार्थी र पेसाकर्मीले वास्तविक जीवनयापनको विकास परियोजनाका लागि रचनात्मक उपाय डिजाइन गर्न सक्नेछन् ।”

प्रतियोगिता उद्घाटन सत्रमा नेपाल आयरल्यान्ड सोसाइटी र इन्जिनियर्स विदाउट बोर्डर्स आयरल्यान्डले नेपाली सांस्कृतिक प्रस्तुति पनि गर्ने जनाइएको छ । रासस