काठमाडौं, ४ माघ । मुलुकको पछिल्लो राजनीतिक अवस्था र मधेसी मोर्चाका मागका विषयमा छलफल गर्न प्रधानमन्त्री केपी ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरुको बैठकमा मधेसी मोर्चाको ११ बुँदे मागका विषयमा छलफल भइरहेको बुझिएको छ । प्रखुम दलहरुले आजै मधेसी मोर्चासँग निर्णायक वार्ताको तयारी गरेका छन् ।
तीन दलको बैठक सक्किएपछि छ बजेपछि बालुवाटारमा मधेसी मोर्चासहितका नेताहरुसँग वार्ता हुनेछ । आजको वार्तामा कार्यदलका सदस्यहरुलाई पनि बोलाइएको छ ।












प्रतिक्रिया