१४ कार्तिक २०८३, शनिबार

‘मलाई सभापति बन्नबाट कसैले रोक्न सक्दैन्’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ramchandra-Poudel

दाङ, ४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले १३ औंँ महाधिवेशनमा आफू पार्टी सभापतिमा उमेद्वारी दिने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन दाङले आज घोराहीमा गरेको पत्रकार भेटघाटमा उहाँले अब कुनै पनि पनि हालतमा आफू पछाडि नहट्ने र कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।

सबै साथीको भावना पनि आफूलाई नै सभापति बनाउने भएको बताउँदै उहाँले पार्टीलाई नयाँ उचाइमा लैजान र विभेदकारी अवस्थाको अन्त्य गरी परिवर्तन संस्थागत गर्न आफ्नो उम्मेदवारी आवश्यक रहेको तर्क गर्नुभयो ।

आफू सभापति भएपछि पार्टीभित्रको गुटगत राजनीति अन्त्य गरी संस्थागत ढङ्गले सञ्चालन गर्ने उहाँको भनाइ थियो ।

अर्को एक फरक प्रसङ्गमा उपसभापति पौडेलले देशको वर्तमान समस्या एक/दुई दिनमा समाधान हुने बताउनुभयो । उहाँले भन्नुभयो, “प्रमुख दल र मधेसी मोर्चाबीचको वार्ता सहमति नजिक पुगेकाले एक दुई दिनमै सहमति कायम हुन्छ ।” रासस