दिपायल, ४ माघ । डोटीमा प्रहरी सहायक निरीक्षक (असई) चौकी कमाण्डर तालिम सुरु भएको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सुदूर पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायलमा २१ औं समूहको प्रहरी सहायक निरीक्षक चौकी कमाण्डर तालिम सञ्चालन भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
उक्त तालिमको सोमबार आयोजित एक समारोहबीच निमित्त समादेशक प्रहरी नायव उपरीक्षक नवीन किशोर प्रधानले उद्घाटन गर्नुभयो । तालिममा ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।












प्रतिक्रिया