काठमाडौँ । बौद्ध धर्माबलम्बीको पवित्र मानिने खादाले आफ्नो संवेदनशील अङ्ग ढाकेर तस्बिर खिचाएकी अभिनेत्री शुभेच्छा थापालाई नेपाल चलचित्र कलाकार सङ्घले कारबाही गरेको छ ।
सङ्घको कार्यसमितिको बैठकले उहाँलाई छ महिनासम्म चलचित्रसम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी निलम्बन गरेको सङ्घका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिनुभयो ।
देशका गहना कलाकारले कुनै पनि धर्म, सम्प्रदाय, वर्ग आदिको भावनामा चोट पुर्याउनु हुँदैन भन्ने भावनालाई आत्मसात् गर्दै अभिनेत्री थापामाथि कारबाही गरिएकोे उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो – “उहाँले गल्ती स्वीकार्नुभएको छ, त्यसैले छ महिनासम्ममा उहाँमा पूरै सुधार आउने हामीले अपेक्षा गरेका छौंँ ।” केही हप्ताअघि अभिनेत्री थापाले सामाजिक सञ्जालमा उक्त अर्धनग्न तस्बिर राखेकी थिइन् । यसको बुद्ध धर्मावलम्बीलयायतबाट विरोध भएको थियो । रासस















प्रतिक्रिया