२३ कार्तिक २०८३, सोमबार

प्रधानमन्त्री ओली गहिरो चिन्तामा ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-1

काठमाडौँ, ४ माघ । प्रधानमन्त्री केपी शर्मा ओली आजभोली गहिरो चिन्तामा छन् ।

भारतीय नाकाबन्दी, मधेस आन्दोलन र कांग्रेसको असहयोग तथा ठूलो मन्त्रिपरिषदले सरकार असफल हुने होकी भन्ने चिन्ता ओलीले गरेका छन् ।

त्यो चिन्तालाई ओलीले आफ्नो पार्टी नेकपा एमालेको संसदीय दलको बैठकमा व्यक्त गरेका छन् । उनले आफ्नै पार्टीले सरकारको नेतृत्व गरेका बेला केही राम्रा काम गर्न नसकिए जनतामा भयानक निराशा उत्पन्न हुने चिन्ता जनाए ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकलाई सम्बोधन गर्दै उनले भने- यो सरकार असफल भएमा नेपालको भविष्य डरलाग्दो अवस्थामा जानेछ, जनतामा भयानक निराशा छाउनेछ ।’

भूकम्पपछिको अवस्था, नाकाबन्दी र तराईमा आन्दोलनका बाबजुद सरकारले मुलुकको प्रगति र समृद्धिका लागि केही प्रयास भइरहेको उनको भनाई थियो ।

लोकतान्त्रिक नीति र सामाजिक न्यायपूर्ण विचारका हिसाबले अहिले मुलुकको निर्णायक शक्तिका रुपमा एमाले रहेकाले जनताका बीचमा त्यही भावनाका साथ एकीकृत भएर काम गर्न सांसद्हरुलाई निर्देशन दिँदै पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले देशलाई दूरगामी असर पर्ने र देशको एकता खण्डित हुने कुनै कुरामा जान नसकिने स्पष्ट पारे ।

उसो त प्रधानमन्त्री ओलीले आफ्ना चार प्रतिबद्धता समयमा पुरा नहुने होकी भन्ने चिन्ता पनि गर्न थालेका छन् । काम गर्ने चाहना हुँदाहुँदै पनि विभिन्न बाधा र परिस्थितीले एक वर्षभित्र लोडसेडिङ मुक्त देश, पाइल लाइनबाट घरघरमा ग्याउन पुगाउने र राजधानीमा विद्युतीय सवारी र रेल चलाउने योजना सफल नहुने होकी भन्ने चिन्ता ओलीले गरेको विज्ञहरुको बुझाइ छ ।

यी चार प्रतिबद्धता पुरा भए ओली गणतन्त्र नेपालकै उत्कृष्ठ प्रधानमन्त्री बन्नेछन् ।

ओली सरकारको अर्काे चुनौतिपूर्ण काम भनेको भूकम्प पीडित पुनर्निर्माण अभियान हो । यो अभियान माघ २ गतेबाट सुरु भइसकेको छ । अस्थिर राजनीतिक, नाकाबन्दी र आन्दोलनका कारण ओली सरकारले रफ्तारमा काम गर्न नसकिरहेको राजनीतिज्ञहरु बताउँछन् ।