२३ कार्तिक २०८३, सोमबार

महाराजगञ्ज पुगे राजेन्द्र महतो, कांग्रेस सभापति कोइरालासँग वार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahato-1000x0
कोइराला निवास महाराजगञ्जमा महतो

काठमाडौं, ४ माघ । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र कांग्रेस सभापति सुशीलबीच आज विहान भेटवार्ता भएको छ ।

आइतबार दिल्लीबाट काठमाडौं फर्किएका महतोले महराजगञ्जस्थित कोइराला निवासमै पुगेर कांग्रेस सभापति कोइरालासँग वार्ता गरेका हुन् ।

कांग्रेस सभापतिसँगको भेटमा समसामयिक राजनीतिक बिषय र मधेस आन्दोलनको बिषयमा छलफल भएको थियो । वार्तापछि महतोले भने- ‘मैले मधेस आन्दोलनको बटमलाइन सीमांकन भएको र त्यो टुंगो लगाउन जरुरी रहेको जानकारी गराएको छु ।’

यसअघि आइतबार साँझ महतोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरेका थिए । विराटनगर नाकामा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप हुँदा कुटिएर उपचारका लागि दिल्लीमा रहेका महतो उपचार गरी आइतबार काठमाडौं आएका थिए ।