
सुन्दरदुलारी (मोरङ), ४ माघ । मोरङको हसन्दह– ५ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा हसन्दह– २ का १८ वर्षीय रोशन यादव रहेका छन् । बा१४प २७४६ नंको मोटरसाइल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए ।
उपचारका लागि न्युरो अस्पताल विराटनगर लैजाँदै गर्दा उनको बाटैमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङले जनाएको छ । रासस












प्रतिक्रिया