३० आश्विन २०८३, शुक्रबार

वर्ल्डकप मार्सलआर्ट्समा पहिलोपटक नेपाली खेलाडीले जिते स्वर्ण पदक (फोटो फिचर)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

thakuri 2

– विजय थापा
वाशिंगटन डिसी, ४ माघ । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा बसोबास गर्दै आएका नेपाली मुलका उज्जवल ठकुरीलाई वर्ल्डकप फाइनल मार्सलआर्ट्स प्रतियोगितामा स्वर्ण पदक प्राप्त भएको छ ।

आइतबार राति भएको अर्को प्रतियोगितामा कन्टिन्यु कनटयाक १८०–१८९ तौल समुहमा भएको प्रतियोगितामा ठकुरीलाई कास्य पदक समेत प्राप्त भएको छ ।

वर्ल्डकप फाइनल मार्सल आर्ट्स प्रतियोगितामा ४० देखि ४५ बर्ष उमेरका खेलाडीहरुको प्रतियोगिताको प्रतिस्पर्धामा ठकुरीलाई स्वर्ण पदक प्राप्त भएको हो ।

ठकुरीले अहिले सम्म ७ महिनामा ११ खेल खेली ११ खेलमा नै पदक प्राप्त गरेका छन् । उनले ७ वटा स्वर्ण, ३ वटा रजत तथा २ वटा कास्य पदक प्राप्त गर्न सफल भएका छन् ।

यसरि अमेरिकामा किर्तिमान काम गरेको सम्भवत नेपाली मुलका पहिलो खेलाडी ठकुरी बनेका छन् । अहिले सम्म १० वटा राज्यमा खेल्ने धोको राखेका ठकुरीले ५ वटा राज्यहरुमा खेल खेली सकेका छन् । उनले खेलेका राज्यहरुमा भर्जिनिया, न्युजर्सी, वाशिंगटन डिसी, म्यारिल्याण्ड तथा पेनसेलभानिया रहेका छन् ।

भर्जिनियाको रेस्टनको शेराटन होटलको भएको खेलमा भारत, जापान, अमेरिका, कोरिया तथा चीनका झन्डाको बिचमा ठकुरीले नेपालको झन्डा फरफराई प्रथम स्थान हासिल गर्न सफल भएका छन् ।

thakuri 1thakuri 5thakuri 4thakuri 3