काठमाडौं । गीतसंगीतमा लागेर आफ्नो उर्जाशील जीवनका राम्रा क्षण यही क्षेत्रमा विताइसकेका गायक राजन ठकुरीले आफ्ना सृजनाहरूलाई दिनप्रति दिन निखार्न लागी परेका छन् । उनले आफ्ना सृजनालाई व्यावसायिक रुपमा अगाडि बढाउन चाहन्छ ।
पछिल्लो पटक लोकदोहरी भाकामा ‘बाटो मोड्ने छैन……’बोलको गीत ल्याएका ठकुरीले त्यसबाट राम्रो प्रतिक्रिया पाएको बताउँछन् । ‘बाटो मोड्ने छैन…..बाट मैले राम्रो प्रतिक्रिया पाएको छु’, उनले भने, ‘गीत राम्रो बनेको छ । टेलिभिजन र रेडियो तथा सामाजिक सञ्जालहरूमा धेरै सुनेको र हेरेको पाएको छु ।’
गीतसंगीतको क्षेत्रमा लागेर देशभक्ति र आधुनिक गीतहरूमा नि थुप्रै ल्याएका छन्, राजनले । उनको देशभक्तिको गीतले पनि चर्चा कमाएको छ । ‘मेरा आफ्नो परम्परा छ….’ बोलको यो देशभक्ति गीत राजन आफैलाई पनि खुब मन पर्दो रहेछ ।
अहिले आएका गीतसंगीतलाई नजिकबाट नियालिरहेका राजनले रहरमा भन्दा पनि व्यावसायिक रुपमा गीतसंगीतलाई ल्याउपर्ने धारणा राख्छन् । अहिलेका धेरै गीतसंगीत उनलाई मनपर्छ ।
सामाजिक क्षेत्रमा काम काम गर्दै आएका राजनले समाजको सेवालाई आफ्नो दायित्व ठान्छन् । ‘हामीले नहेरेर समाजलाई कसले हेर्छ ?’, उनी प्रश्न गर्छन्, ‘मैले थोरै समय दिएँ भने समाजलाई धेरै उर्जा मिल्न सक्छ ।’ वैशाख १२ को भूकम्प होस् वा अन्य सामाजिक कार्यमा उनको योगदान प्रसस्त छन् ।
गंगबुस्थित लोकदोहरी रेष्टुरेन्ट खोलेर बसेका राजन हरेक दिन सोही दोहरीमा भेटिन्छन् । आफ्ना सहयोगी कलाकार र बाद्यवाद्यकसँग भेटिने राजनले आफूले जानको गीतसंगीतलाई नै पेशा बनाएका हुन् । रेष्टुरेन्टबाट आउने कमाइले उनलाई काठमाडौंमा बस्न पुगेको बताउँछन् ।
गायक राजनलाई पैसा कमाएमा काठमाडौंमा राम्रो रेकर्डिङ स्टुडियो खेल्ने मन पनि छ । उनले गीतसंगीतमा मौलाएको बिकृतिबाट आफूलाई चिन्ता लाग्ने गरेको पनि बताउने गरेका छन् ।
प्रस्तुतिः विमल योगी















प्रतिक्रिया