१ कार्तिक २०८३, शनिबार

के कारणले छाडिन् ? फेरि किन विवाह गरिन् मोडल सिम्पलले ?

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Simpal Khanal Sexy Nepal Ladyकाठमाडौं । म्युजिक भिडियोका निर्देशक प्रशन्न पौडेलको निर्देशनमा बनेका म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी सिम्पल खनालले दोस्रो पटक विवाह गरेकी छिन् ।

उनले एनआरएनसँग विवाह गरेकी हुन् । सिम्पलका एनआरएन पतिको नाम नवीन हो । नवीन बेलायतमा बस्छन् ।

काठमडौंको बौद्धस्थित होटेल ह्यातमा धुमधामसँग विवाह गरेकी हुन् । विवाहमा आफन्त र केही सीमित साथीलाई सिम्पलले पार्टी खान बोलाएकी थिइन् ।

म्युजिक भिडियोमा खेल्दा खेल्दै निर्देशक प्रशन्नसँग लभ परेपछि विवाह गरेकी सिम्पलको वैवाहिक दिनचार्य धेरै टिक्न सकेन । प्रशन्नसँग पारिवारिक खटपट बढ्दै गएपछि सिम्पलले केही पहिला पारपाचुके गरेकी थिइन् ।

विशेष गरेर सिम्पललाई केटाको फोन आउने, रातिरातिसम्म घर बाहिर बस्ने, पतिलाई बेवास्ता गर्ने आदि आरोप लगाउँदै प्रशसन्नले सिम्पललाई पारपाचुके दिएको कलिउडमा चर्चा छ ।

वैवाहिक सम्बन्ध टुटाएर एक्लो जीवन बिताइरहेकी सिम्पलको यो दोस्रो विवाह भने राम्रो होस् भनेर कलाकारहरूले शुभकामना दिएका छन् । सिम्पलले फेरि पुरानै प्रवृत्ति दोहराउने हुन् की भन्ने केही कलाकारहरूलाई आशंका छ ।

म्युजिक भिडियोमा खेल्दै आएकी सिम्पलले अर्की मोडल नम्रता सापकोटासँग मिलेर बुटिकपनि खोलेकी छन् ।