३० आश्विन २०८३, शुक्रबार

नेकपा एमालेको अध्यक्षमा केपी ओली विजयी, को हुन ओली ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-oli

काठमाडौँ, ३१ असार । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित हुनुभएको छ ।  ओलीले अध्यक्षका अर्का प्रत्यासी माधवकुमार नेपाल भन्दा ५५ मत बढी ल्याएको बताइएको छ । ओलीले १ हजार ५७ पाउँदा नेपालले १ हजार २ मत पाउनुभयो ।

को हुन ओली ?

एमाले संसदीय दलका नेता समेत रहनुभएका केपी ओली अभिव्यक्तिका कारण पटकपटक चर्चामा आइरहनुहुन्छ । केपी शर्मा ओलीको जन्म वि.स. २००८ साल फागुन ११ गते तेह्रथुममा भएको थियो । मोहनप्रसाद र मध ओलीको निम्न मध्यम परिवारमा जन्मनुभएको केपी ओलीले एसएलसीसम्म अध्ययन गर्नुभएको छ ।

तेह्रथुमको पोखरी आठराईमा जन्मिएपनि ओलीको बाल्यकाल झापामा बित्यो । २०२३ सालदेखि नै प्रगतिशील राजनीतितर्फ झुकाव राख्ने ओलीले २०२६ सालमा पार्टी सदस्यता प्राप्त गर्नुभएको हो । २०२७ सालमा झापाको किसान आन्दोलनसंगै उहांले सक्रिय कम्युनिष्ट जीवन सुरु गर्नुभयो । २०२९ सालमा आन्दोनकारी कमिटिको सचिव बन्नुभएका ओली २०३० देखि २०४४ सम्म जेलमा बस्नुभयो । १४ बर्ष जेलमा बिताएर मुक्त हुनुभएपछि ओली २०४४ सालमा नेकपा मालेको केन्द्रीय सदस्य बन्नुभयो । २०४७ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको संस्थापक अध्यक्ष बन्नुभएका ओली २०४८ र २०५१ सालमा एमालेको अल्पमत सरकारमा गृहमन्त्री बन्नुभयो । २०४९ सालमा सम्पन्न एमालेको पांचौ महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित ओली त्यसपछि लगातार स्थायी समिति सदस्य हुनुहुन्छ । ओली एमाले भित्र माओवादीप्रति कडा रुपमा प्रस्तुत हुने नेता मानिनुहुन्छ ।

 

एमाले पदाधिकारीले ल्याएको अन्तिम मत परिणाम यस्तो छ:

अध्यक्ष

केपी ओली १००२ (विजयी)

माधव नेपाल ९६३

उपाध्यक्ष
भीम रावल १०८२ (विजयी)

युवराज ज्ञवाली १०२६ (विजयी)

अष्टलक्ष्मी शाक्य १००६ (विजयी)

बामदेव गौतम १०७७ (विजयी)

बिद्या भण्डारी १०९७ (विजयी)

राजेन्द्र पाण्डे ९९७

लालबाबु पण्डित ९७३

प्रदीप नेपाल ९६६

किरण गुरुङ ९६३

धर्मनाथ प्रसाद शाह ९००

महासचिव

ईश्वर पोखरेल-१०५१ (विजयी)

सुरेन्द्र पाण्डे १०३२

उपमहासचिव

घनश्याम भुसाल १०४१

विष्णु पौडेल-१०४९

रघुजी पन्त- ९३२

शंकर पोखरेल ९९८

सचिव 

गोकर्ण बिष्ट १२०७ (विजयी)

प्रदीप ज्ञवाली ११०६ (विजयी)

योगेश भट्टराई १०३८ (विजयी)

पृथ्वी सुब्बा गुरुङ ९९६ (विजयी)

भीम आचार्य ९८१ (विजयी)

पर्शुराम मेघी गुरुङ ९७७

विष्णु रिमाल ९६८

बेदुराम भुसाल ९५३

रघुबीर महासेठ ८९९

केशवलाल श्रेष्ठ ७३९