१४ कार्तिक २०८३, शनिबार

फार्म र पसल आगलागीमा पाँच पशु मरे, सामान जले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bhaktpurभक्तपुर, ३ माघ । भक्तपुर नगरपालिका–१७ सल्लाघारी श्रृजनानगरको सिटी डिजिटल फोटो ल्याबमा भएको आगलागीमा विभिन्न इलेक्ट्रोनिक सामान जलेर नष्ट भएका छन् ।

आज दिउँसो राजकुमार बजगाईंको पसलमा भएको आगलागीमा दुई कम्प्युटर, दुई डेक र एक थान क्यामरा जलेर नष्ट भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

त्यसैगरी, भक्तपुरको नगरकोट नगरपालिका–७ यातु महादेवस्थित २७ वर्षीय घनश्याम तिमल्सिनाको पशु फार्ममा आगलागी हुँदा दुई भैँसी, तीन गाई र एकवटा बाख्रा जलेर मरेका छन् ।

गएराति भएको आगलागीमा गाई, भैँसी, बाख्रा, पराल, छ्वाली र काठपात गरी रु पाँच लाख २४ हजार बराबरको क्षति भएको खनालले जानकारी दिनुभयो । रासस