ललितपुर, ३ माघ । ललितपुर प्रहरीले ठगी मुद्दाका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ ।
गत जेठ महिनामा अदालतमा तीन महिनाको कैद सजायँ सुनाइएका फरार अभियुक्त चुडामणी भण्डारीलाई पक्राउ गरी महानगरीय प्रहरी पसिर ललितपुरले आइतबार सार्वजनिक गरेको हो ।
परिसरका प्रवक्ता डीएसपी दयानिधी ज्ञवालीका अनुसार आर्थिक लेनदेनको विषयमा विवाद भएपछि भण्डारीविरुद्ध रोम्बादेवी श्रेष्ठ भन्ने रोम्बाकुमारी श्रेष्ठले जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता गराएकी थिइन् ।
रोम्बाकुमारीको मुद्दामा दोषी ठहर गर्दै अदालतले भण्डारीलाई ३ महिनाको कैद सुनाएको थियो । अदालतको फैसलापछि भण्डारी फरार थिए ।












प्रतिक्रिया